होली मिलन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल -पाल्हीनन्दन गाउपालिका वडा नमबर २ मा अवस्थित हरकपुर बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा होली मिलन कार्यक्रम बुधबार संस्थाको प्रागंणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिनानाथ तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा अतिथिहरु पाल्हिनन्दन वडा नम्बर १ का वडाध्यक्ष लल्लन प्रसाद यादव, २ का वडाध्यक्ष राम नगिना सिंह, २ का वडासदस्यहरु फौज्दार गुप्ता, सरफुदिन अन्सारी, मैनादेवी हरिजन, हरपुर माविका प्रअ जयनेन्द्र कुमार मौर्य, पाल्हिनन्दन निमावि अमानीगन्जका प्रअ रामरक्ष मौर्य, समाजसेवी जगदिश प्रसाद गुप्ता, जनारदन गिरी, संस्थाका सचिव धुव नारायण केवट लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो । संस्थाका कोषाध्यक्ष ध्रुव नारायण बनियाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक राम प्रसाद भुसालले गर्नु भएको थियो ।