ललित पाण्डे– सैनामैना सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले मृगौला पिडितलाई सहयोग गरेको छ । संघकै साधारण सदस्य रहेका सैनामैना ८ रामापुरमा चिया नास्ता पसल सञ्चालन गर्दै आएका कृष्ण अधिकारी की ३२ वर्षिया श्रीमती गोमा अधिकारीलाई सहयोग गरेको हो ।
गोमा अधिकारीको २ वटै मृगौला फेल भएको छ । सैनामैना होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघले अधिकारीले सञ्चालन गर्दै आएको नास्ता पसलमा पुगेरै रु २९ हजार सहयोग प्रदान गरेको हो । कार्यसमिति, सल्लाहकार, साधारणसदस्य समाजसेवीबाट उठेको १४ हजार र संघ कै कल्याणकाणि कोषको ५ हजार गरी २९ हजार सहयोग प्रदान संघले गरेको हो । संघका उपाध्यक्ष गिता गौली , वरिष्ठ उपाध्यक्ष खिमराज पौडेल , महासचिब नारायण सेन , र कार्यसमिति सदस्य देवराज घिमिरेको उपस्थितीमा सहयोग प्रदान गरेका हुन ।
गोमा अधिकारी माघ महिनादेखि मृगौला पिडित भएकी हुन । उनको अहिले बुटवलको गौतम बुद्ध सामुदायिक मुटु हस्पिटलमा उपचार भईरहेको छ । हप्तामा दुई पटक डाईलेशिसको लागि हस्पताल ल्यैजादै गरेको उनका श्रीमानले कृष्ण अधिकारीले जानकारी दिए । अर्घाखाँचीका अधिकारीले ३ वर्षदेखि रामापुरमा सटर भाँडा लिएर चिया नास्ता होटल सञ्चालन गर्दै आएका छन । उनका २ छोरी छन ।










