मनोज कार्की ,चैत्र ९ गुल्मी गुल्मी जिल्लाको मालिका गाउँ पालिका वडा नं ७ घमिर माग्दिमा रहेको कालिका मन्दिर यति बेला ओझेलमा परेको छ । घमिरको एउटा जङगको बिचमा दैबि शक्ति प्रदान भएका भन्दै २०६० सालमा स्थापना भएको हो । । नेकपा माओबादीका सांम्सद चन्द्र बहादुर थापा द्दारा कालिका मन्दिर २०६० सालमा मन्दिरको शिल्यानास गरेका थिए । २०७३ सालमा श्रम तथा रोजगार मन्त्रि गोर्कण बिष्टको पहलमा २ लाख रकम बिनियोज भएको थियो र सहि रकमले मन्दिरको प्राराङगर मन्दिर बाटो बनाएको सल्लाहकार समितिका सदस्य गोपाल बुढामगरले बताए । मन्दिर सपना गाउँका लामालाई सपनामा कालिका को मुर्ति देखिएको हो र सपनामा मन्दिर स्थापना गर्न भनिएकोले त्याहाका स्थानिय देश बिदेशबासिको सहयोगमा मन्दिर निर्माण गरिएको हो । मन्दिरमा भाकल गरेमा मनोकाङकाक्षा पुरा हुदै गएको धार्मिक बिश्वास रहेको समाज सेबि गिताराम पन्थिले बताए । जङगलको माथि बिचमा भएपनि त्यसको सुन्दरता र दिर्घकालिन रुपमा पर्यटकिय मन्दिरको रुपमा चिनाउन सक्ने सम्भाबना बोकेको पाईन्छ ।
मन्दिरमा पुरानो सास्कृति झल्काउने उदेश्यले चैते दशैको अबसरमा पुजाआजा सराय नाच तथा बिभिन्न सास्कृतिक कार्यक्रम गरिदै आएको थियो । तर यस बर्षको चैते दशैमा आर्थिक अबस्था नभएपछि कार्यक्रम हुने कि नहुने भनि मन्दिर ब्याबस्थापन समिति अन्योल मा भएको छ । चुनाबि मावलमा मन्दिरलाई अझ राम्रो र ब्याबस्थित गरिदिन्छौ भने पनि आज त्यो जन प्रतिनिधिको बाचा बाचामै सिमित रहेको छ । पहिला मन्दिर स्थानियको श्रम दान तथा देश बिदेश गएका नेपालीको पसिना बाट मन्दिर निर्माण गरियो अहिले मन्दिरमा कसैको सहयोग नरहेको स्थानिय शिब बहादुर कार्कीले बताए । गत बर्षको सराय नाच तथा सास्कृतिक कार्यक्रममा मालिका गाउँ पालिका प्रमुख रिबहादुर थापा कार्यक्रमको प्रमुख अथिति भएर कार्यक्रममा सहभागि भएका थिए । त्यति मात्र हैन ब्याबस्थापन समितिले गाउँ पालिका प्रमुख रित बहादुर थापा , उप प्रमुख देवा अर्याल ,गाउँ पालिका प्रबक्ता तथा वडा नं ६ बडा अध्यक्ष शोभखर गिरि , वडा नं ७ का अध्यक्ष बेदप्रसाद पन्थि तथा ७का सबै सदस्यलाई पनि कार्यक्रममा सम्मान गरिएको हो भने निर्माण गरिएको मन्दिरको जग्गा ३ रोपनि । रहेको छ । मालिका गाउँ पालिका वडा नं ७ का वडा अध्यक्ष बेद प्रसाद पन्थिले वडा कार्यलयबाट रकम नपरेको र ब्यक्तिगत सहयोग गर्दैआएको बताए । अब आउने सालमा सकेसम्म कतैबाट मालिका गाउँ पालिकाका तथा अन्य कुनै निकाय बाट मन्दिरको लागि रकम माग्ने वडा अध्यक्ष पन्थिले जानाकारि दिए । आफ्नो कार्यकालमा मन्दिरमा बिबिध सास्कृतिक कार्यक्रम तथा पुजा आजा भएको र यो बर्ष आफुले गर्न सकिन्न कि भन्ने चिन्ता ब्यक्त भएकोे कालिका मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए । चैते दशैमा साकिका गा बि स अर्जे,इस्मा,मभुङग,वाग्ला,अर्खाबाङ,छाप,छाहिले धुर्कोट लगाएका ठाउँ बाट सरदालु भक्तालुजनको मेला हेर्ने र मनाकाङक्षा पुरा भएको भन्दै मेडा हरु चडान आउने गर्दछन् ।












