प्रकाश न्यौपाने-६२ औँ राष्ट्रिय सहकारी दिवस आज एक कार्यक्रमका बिच ‘दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी’ भन्ने मूल नारा सहित मनाइएको छ। जिल्ला सहकारी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमको अगुवाइमा भएको कार्यक्रममा संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति संयोजक शिव शंकर रायको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि रायले सहकारीबाट देशको आर्थिक सम्रदि गर्न सक्ने बताउनु भयो । सहकारीको मध्यमबाट सदस्यहरु बिच सहकार्य हुने हुँदा समाजिक बिकासमा समेत टेवा सहकारीले पुर्याएको उहाँको भनाइ थियो ।

कार्यक्रममा बिशिस्ट अतिथि सुनवल नगर प्रमुख प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, राष्टिय सहकारी बैंक बर्दघाट शाखा प्रमुख सबिना पोखरेल, भिमबहादुर थापा, नगरउपप्रमुख दधिराम अर्याल, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यकोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संघका उपाध्यक्ष बृहस्पति अधिकारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संघ सदस्य चण्डीप्रसाद पाण्डेले गर्नुभएको थियो ।












