तिन महिने कम्प्युटर तालिम सम्पन्न

प्रकाशित मिति:

आरपि उपाध्याय,नवलपरासी विनयी त्रिबेणी वडा नम्बर६ र ७ को सयुक्त आयोजनामा महिला आदिवासी शसक्तीकरण तिन महिने कम्प्युटर तालिम त्रिबेणीमा विहिबार सम्पन्न भएको छ । विनयी त्रिबेणी वडा न्म्बर ६ कावडाध्यक्ष प्रितम बहादुर गुरुंगको अध्क्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा वडा नम्बर ७ का वडाध्यक्ष गोपाल बहादुर क्षेत्रीले सिपमुलक तालिमबाट रोजगारकिो अवसर प्रशस्त हुने बताउदै तालिमबाट सिकेका सिपलाई ब्यवहारिक जिवनमा लागु गरेर अगाडी बढ्नुपर्ने कुरामाथि जोड दिनुभएको थियो । कार्यक्रममा तालिमका प्रशिक्षक कन्हैया चौधरी, सहभागि शुसान्त श्रेष्ठ, कजल रौनियार, रिमा भुषाललगाएतले तालिमाको महत्व माथि प्रकाशपार्नुभएको थियो । वडा न्म्बर ६ का वडा सदस्य मणि कुमार श्रेष्ठको स्वागतबाट सुर भएको कार्यक्रमलाई वडा न्म्बर ६ का वडा सचिव बेल प्रसाद भण्डारलिे सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विनयी त्रिबेणी वडा नम्बर ६ र ७ बाट ४५ जनाको सहभागिता रहेको आयोजकले बताएको छ ।