रुपन्देही-तराई क्षेत्रमा भागि विवाहका कारण बालविवाह बढ्दै गएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । बालविवाह रोक्नको लागि विभिन्न सामाजिक संघ संस्थाले काम गरेपनि उमेर नपुग्दै भागि विवाह गर्दा वालविवाह राक्ने नसकिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका हुन ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. १ मा मायादेवि स्काई क्लबले आयोजना गरेको वाल विवाह सम्बन्धी बहस कार्यक्रममा सहभागिता जनाएका स्थानीयहरुले जनचेतनाको कमी, अशिक्षा , गरिबीले बालविवाह बढ्दै गएको बताएका हुन । बालविवाह रोक्नको लागि सबै सरोकारवाला निकायहरु लाग्नु पर्ने उनिहरुले बताएका छन । शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्ती ज्ञवालीले बालविवाह रोक्नको लागि गाउँपालिकाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताईन । गाउँपालिकाको वडा नं. २ र ५ लाई वालविवाह मुक्त वडा घोषाणा गरिसकेको उनले बताउँदै अरु वडामा पनि जनचेतना फैलाएर बालविवाह मुक्त क्षेत्र घोषणा गरिने बताईन ।
वडा नं. १ का वडा अध्यक्ष उदयराज कडरियाले बालविवाह गर्नेलाई वडाले दिने विभिन्न सुविधा रोक्ने गरेको बताए । वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने अभियानमा आफुहरु रहेको उनले बताउँदै अभिभावकहरु पनि सचेत बन्न सके बालविवाहलाई रोक्न सकिने बताए । तराई क्षेत्रमा वालविवाह , दाईजो प्रथा मुख्य समस्या रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । क्लबका अध्यक्ष लक्षमण ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा पुजा काफ्ले , शसिकला गुप्ता ,सुनिल हरिजन लगायतले बोलेका थिए । नमुना एकिकृत विकास परिषद समन्वयन र वर्ड भिजनको सहयोगमा कार्यक्रमको आयोजना गरिएको थियो ।












