सैनामैनाका सबै वडामा स्वच्छ खानेपानी नगर प्रमुख : कार्की

प्रकाशित मिति:

सैनामैना, ०४ बैशाख -नगरपालिकाका सबै वडामा शुद्ध र स्वच्छ खानेपानीको उपभोग नगरबासिले गर्न पाउने सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले आज एक कार्यक्रममा बताउनु भएको छ ।  दुधराक्ष खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नया पानीको होल हाल्ने कार्यको सुभारम्भ गर्दै नगर प्रमुख कार्कीले सो कुरा बताउनु भएको हो ।  शुद्ध खानेपानी पिउन पाउनु सबैको अधिकार भएकोले सोहि बमाजिम नगपालिकाले खानेपानीको ब्यवास्थ गर्नका लागि विभिन्न योजना सहित काम गरिरहेको बताउनु भयो । वडा नं। ६ का वडा अध्यक्ष बसन्त पाण्डेले वडामा खानेपानीको पहुंच पुर्याउनका लागि आफुले स्थानियको सहभागितामै काम गरिरहेको जानकारी दिनुभयो । खानेपानी र सरसफाई मानव जिवनको जिउने आधार भएकोले खानेपानीको उपलब्धता, शुद्धता र सरसफाई जरुरी भएकोले वडा भित्र समस्य भए क्रमसस् समाधन गरिने उहांले बताउनु भयो ।

दुधराक्ष खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष शोभाखर भण्डारीले यो नया पानीको होल संचालनमा आए पछि यहाको खानेपानीको समस्या समाधान हुने बताउदै यस क्षेत्रको समस्यालाई सम्बोधन गरेकोमा यस क्षेत्रका मा। संसद भरत कुमार शाह र सैनामैनाका नगर प्रमुख चित्र कार्कीलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।  रुपन्देहीको लोकमार्ग आसपासको क्षेत्र र विभिन्न सम्भावना भएको क्षेत्र भएको हुनाले जनसंख्याको चापसँगै खानेपानीको मागमा वृद्धि भइरहेको संस्थाका सल्लाहकार कृष्ण प्रसाद पोखरेलले बताउनु भयो ।
संसद बिकास कोषको १० लाख , सैनामैना नगरपालिकाको७ लाख ५० हजार र २ लाख ५० हजारको लागत सहभागीता सहित कुल २० लाखको बजेटमा खानेपानीको योजना बन्न लागेको हो । यो योजना सम्पन्न संगै यहाका करिब ४५० घरधुरीका उपभोक्ताले खाने पानीबाट लभंवित हुने छन् ।  उक्त अवसरमा संस्थाका सदस्य पिताम्बर ज्ञवाली, ईश्वरी घिमिरे लगायतले खानेपानीको बिषयमा आ आफ्नो भनाई राख्नु भएको थियो ।