कमला अधिकारी
“ हामी यो व्यवस्था फेर्न,आफ्नो हक ,अधिकार खोसेर लिन र नयाँ नेपाल बनाउन लागि परेका मान्छे ,कहिले कति खेर बन्दुक बोकेर हिंड्न पर्ने हो था छैन ,बच्चा किन पाउने ? गरिबी र अभाव मÞा कति जिउने ,यो अभावको जिन्दगी जिउन धर्तीमÞा टेक्न दिन्न मÞ यस्लाई “
सपनाको देशमा छ बसाई ,सपनाहरुको थुप्रो लाग्दै जाँदा कहिले कहिँ त सबै कुराहरु सपना जस्तै लग्छ किरिंग किरिंग फोन को घन्टी बज्छ ,आ…. सपना होला ,कोल्टे फेरेर आँखा चिम्लिन्छु , फेरी घन्टी बज्छ ,मनले मान्दैन फोन नउठाउन ,उताबाट प्यारो आवाज आउछ “ जन्मदिनको लाखौ लाख शुभकामना बैनी ।”हँ ? आज मेरो जन्मदिन नै होइन ?,मैले त झन्डै बिर्सेको मंगली दिदीसंग को पहिलो भेट ।
********************* **************************** **********************************
पुषको महिना ,बिहान बेलुका जाडो छ ,दिउँसो भने मज्जाको घाम लाग्छ प्रथामिक स्वस्थ केन्द्र को चौरमा , कार्यालय सहयोगी २ जना बहिनी बाहेक सबै पुरुष स्वस्थ्यकर्मी छन् त्यहाँ , कहिले कहिले म जस्तै महिला नर्स या स्वास्थ्यकर्मीहरु पुलुक्क देखा पर्छन , महिलाहरु आफ्ना समस्या या परिवार नियोजनका कुरा खुलेर गर्दैनन् अझै ,उनीहरु पर्खालको छिद्र बाट लुकी लुकी हेर्छन,केही भन्न खोजे जस्तो ,येस्तै क्रम चलि रहन्थ्यो ,म सके सम्म उनीहरुको अनुकुल मिलाए र मेला,पँधेरा या घरमा भेटेर सेवा दिने कोसिस गर्थें । कथित जनयुद्धले शिथिल पारी सकेको थियो त्यो सुन्दर बस्तीलाई ,साँझ परेपछि कर्फ्यू हुन्थ्यो गाउँमा । दिन भरि महिलाहरु काम मÞा ब्यस्त हुन्थे र अरु ले देख्ला भनेर स्वस्थ्य केन्द्र आउन समेत गाह्रो मान्थे ।
। राती बिरामी परेर कसैलाइ स्वास्थ्य केन्द्र जान पर्यो भने ,पुलिसलाई पुरै विवरण दिन पथ्र्यो र जन सेनालाई पनि ।
दिदीले मलाई भेट्न खोजेको कुरा मलाई कसैले सुनाएको थियो ।
आजकै दिन उनी मलाई भेट्न आएकी थिइन् , दुब्ली ,पातली उनको अनुहारमा रक्त अल्पताका संकेतहरु प्रस्ट देखिन्थे , २२ बर्ष कै उमेरमा ५ सन्तानकी आमा भै सके कि मंगली दिदी को गर्भमÞा छैटौं सन्तान बसेको थियो , जनमुक्तीको लागि जनसेनाले छोपेर लागेका उनका लोग्नेलाई सायद थाहा नि थिएन होला उनि कान्छो सन्तान को बाबु बन्दै छन् भनेर ।
उनले मसँग अनुनय बिनय गरिन्, गर्भ पतन गराइदिन को लागि ,एक त १२हप्ता काटेको ,त्यस माथि उनी धरै कमजोर पनि । यो कुनै हालतमा सम्भब थिएन , मैले गर्भपतन गराउन खोज्नु को कारण खोतल्ने कोसिस गरें,तर उनी खासै बोलिनन् ,जब उनी बोलिन्, मेरो अनुमान पटकै मिलेन ।
“ हामी यो व्यवस्था फेर्न,आफ्नो हक ,अधिकार खोसेर लिन र नयाँ नेपाल बनाउन लागि परेका मान्छे ,कहिले कति खेर बन्दुक बोकेर हिंड्न पर्ने हो था छैन ,बच्चा किन पाउने ? गरिबी र अभाव मÞा कति जिउने ,यो अभावको जिन्दगी जिउन धर्तीमÞा टेक्न दिन्न मÞ यस्लाई “।
मÞसँग झट्ट उनलाई दिने जवाफ छैन ,तर उनको नै जीवनलाई धरापमा राखेर उनको नयाँ नेपाल बनाउने सपनाको सहयात्री बन्न पनि त सक्दिन , आफ्नै ममतालाई दाउमा राखेर कस्तो परिवर्तन खोजेकी होलिन् बिचरीले । फेरी पुलुक्क हेर्छु उनको अनुहारमा ,अहँ छैन ,कत्ति पनि परिवर्तन छैन उनको भाव मा , उनी झन् आक्रोसित देखिन्छिन् ।
“ तपाँइहरु नि सरकार कै मान्छे न हो ,हाम्लाई किन सहयोग गर्नु हुन्थ्यो ? मेरो कुरा न मान्ने भए भोलि कमान्डरसँग भेट गराई दिन्छु “ मन चिसो भयो ,एक मन ले भन्यो ,न परिवर्तन भै पो हल्छ कि त ? नत्र सामान्य महिलाको त्यति ठुलो त्याग किन ? यो त्याग देश कै लागि कि पार्टीको लागि ?जे सुकै होस् ,मैले आफ्नो पेशागत धर्म त छोड्न हुँदैन ।
“दिदी आफु स्वस्थ रहे मात्र सबै कुरा सम्भव छ ,त्यसो गर्दा तपाइको ज्यान खतरा मÞा पर्छ, भो यसलाई जन्माई दिनु ,म सबै सहयोग गरुँला ।
उनी मेरो कुरा नसुनेरै जोशिँदै गईन् “ तपाँई जस्ता कति आए ,कति गए ,बगेको खोला फर्केला ,तपाई फर्किनु हुन्न ”
मलाई आपत् पर्यो, कसरी सम्झाउँ ? “ दिदी तपाँई को यो कान्छो सन्तान सुन्दर नेपालमा हुर्किन लाई पेटमा आएको हुन पर्छ ,उ परिवर्तन गर्न नै जन्मिन लागेको हो ,जन्माउनु यस्लाई ,म मेरो ठेगाना र फोन नम्बर दिन्छु ,केहि परेमा सम्पर्क गर्नुहोला । उनले अलिकति सहमतीको भाव देखाइन् तर विश्वास गरिनन् ,गरुन पनि कसरी ,आजै त भेटेको हो ।
फेरी भन्न थालिन “ तपाइले बिर्सनु हुन्छ ,म विश्वास गर्न सक्दिन सिस्टर ” मलाई कसरी विश्वास दिलाउने भन्ने मात्र चिन्ता थियो “ आज मेरो जन्म दिन हो ,हरेक जन्म दिनमा कुनै न कुनै बिशेष कुरा डायरीमा लेखेर राख्ने गरेको छु ,ल आज देखी तपाई मेरी दिदी सरह हुनु भयो ,” बल्ल बल्ल मंगली दिदी ले गर्बपतन नगर्ने निर्णय गरिन् ।
युद्ध बिराम भै सके पछि बिजय उत्सब मनाउने क्रममा ठुलो बस चढेर टुँडिखेल झरेको बेलामा नि भेट भएको थियो ,बाँकी रहेका २ छोरी सहित उनी बिजयी देखिन्थिन् ,खुशी देखिन्थिन , उनी धरै परिवर्तन भै सके कि थिईन ,म परदेश हिँडें ,उनीसँग त्यस पछि भेट भएन ।
म २/३ हप्ता पछि काम सकेर फर्किने बेला पनि दिदीसँंग भेट भएको थियो ,उनी धेरै नै खुशी देखिन्थिन् ,जनयुद्धमा होमिएर देश बनाउन गएका उनका लोग्नेको बढुवा भएको खबर सुनेर । समय बित्दै गयो ,दिदीको जीवनमा ठुलो आँधी आयो ,तर देशको मुहार फेर्ने अटल बिश्वास चट्टान जस्तै बलियो बनेर बसेको थियो उनको मानसपटल मÞा, त्यसैले त लोग्ने मारिए, गर्भ आफै तुहियो ,हुर्केका छोराछोरीहरु सबै बाउको सपना पुरा गर्न जंगल तिर पसे र पनि उनी कत्ति पनि बिचलित थिइनन् ,प्रायः मेरो जन्मदिनमा कसैको मोबाइल पाए मिस कल गर्थिन ,मैले कल ब्याक गर्दा धरै खुशी हुन्थिन र धरै शुभकामना दिन्थिन मैले उनलाई सहयोग गर्न न खोजेको हैन ,उनी केही माग्दैन थिइन ,लाग्थ्यो सायद उनलाई दु ःख नै छैन पाँच सन्तान जनसेनामा होमिएका ,उनी पनि धरै अधिकारका कुरा गर्ने भइसकिछन् ,पार्टीकी पुर्णकालिन कार्यकर्ता । मौका मिल्दा दिदी सम्झेर सानो तिनो उपहार पठाई दिन्थे ,अरु केही गरिन ।
उनि भन्दै गईन “ छोरीहरुले कतै पनि जागिर पाएनन् ,योग्यता नपुगेको भनेर ,साउदी तिर गए ,बल्ल बल्ल भिषा झर्यो पार्टी को सहयोगमा । छोरीहरुले मलाई मोबाइल फोन पठाका रचन ,त्यै मोबाइलबाट फोन गरेको ” ।
युद्ध बिराम भै सके पछि बिजय उत्सब मनाउने क्रममा ठुलो बस चढेर टुँडिखेल झरेको बेलामा नि भेट भएको थियो ,बाँकी रहेका २ छोरी सहित उनी बिजयी देखिन्थिन् ,खुशी देखिन्थिन , उनी धरै परिवर्तन भै सके कि थिईन ,म परदेश हिँडें ,उनीसँग त्यस पछि भेट भएन ।
आज बर्षौं पछि फोन आयो ,दिदीको अधुरो कहानी मेरो सम्झनाको डायरीमा भर्न आतुर थिए म “ दिदी फोन राख्नु मÞा यता बाट कल गर्छु ” उताबाट “ पर्दैन बैनी ,मÞ नै कुरा गर्छु “ मलाई लग्छ उ जमाना देखि आफ्नो पुरै परिवार सहित देशका लागि लडेकी मंगली दिदी सायद कुनै ठुलो पदमा होलिन् ,या छोरीहरु कुनै राम्रै जागिरगर्दै होलान् ।
उनि भन्दै गईन “ छोरीहरुले कतै पनि जागिर पाएनन् ,योग्यता नपुगेको भनेर ,साउदी तिर गए ,बल्ल बल्ल भिषा झर्यो पार्टी को सहयोगमा । छोरीहरुले मलाई मोबाइल फोन पठाका रचन ,त्यै मोबाइलबाट फोन गरेको ” । बल्ल उनको बोलीमा आक्रोस मिसिएको थियो “ मेरो जस्तै हजारौं परिवार सखाप पारे ,देश खतम पारे ,आफुहरु महलमा बस्छन नेताहरु ,हामीले नै त हो उनीहरुको कुरा सुनेर नानीहरुको हात को कलम खोसेर बन्दुक थमाएको ,अब हाम्लाई कसैले चिन्दैन के गर्नु ? मात्र काल पर्खेर बसेकी छु ,अर्को जन्मदिनको शुभकामना दिन पाउदिन होला ”।
(टेक्सस, अमेरिका)












