बुटवल । नेपाली काग्रेस बुटवलको पहिलो सम्मेलन यही बैशाख १२ गते बिहीवार हुने भएको छ । बैशाख ११ गते सम्मेलन हुने पुर्व तयारी रहेपनि काग्रेसले ११ गतेदेखि देशै भरी जागरण अभियान सुरु गर्ने भएकाले १२ गतेलाई कसम्मेलन सारिएको उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिनुभयो ।
बुटवल स्थित सिद्धार्थ कटेजमा काग्रेस महामन्त्री डा। शशांक कोइरालाको प्रमुख आतिथ्यता र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रिय सदस्य चन्द्र भण्डारीको बिशिष्ट आतिथ्यतामा सम्मेलन हुने पाण्डेले बताउनु भयो । सभापति पाण्डेको राजनीतिक प्रतिवेदन, सचिव ज्योति भण्डारीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष मनोज ध्वजूको आर्थिक प्रतिवेदन पेश भई छलफल हुनुका साथै काग्रेसले अव गर्ने कार्यक्रम र रणनीतिका सम्वन्धमा छलफल हुने छ । नगर समितिका पदाधिकारी सदस्य, नगरबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, जिल्ला तथा क्षेत्रमा प्रतिनिधित्व गर्ने नेता ,क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक संघ संगठनका अध्यक्ष लगायतको सहभागिता रहने छ । काग्रेस रुपन्देहीको जिल्ला सम्मेलन यही बैशाख १८ र १९ गते हुदै छ । जिल्ला सम्मेलन अघि नै सबै नगर गाउ तथा क्षेत्रका सम्मेलन हुनुपर्ने भएकाले कतिपय गाउ, नगर र क्षेत्रले सम्मेलन सम्पन्न गरीसकेका छन भने कतिपयले तयारी गरीरहेका छन ।












