गुल्मिमा टेम्पो चालक घिमिरेले जन्मदिनको दिन फरक क्षमता भएका विद्यार्थीहरुलाइ खेलकुद सामाग्री बितरण

प्रकाशित मिति:

मनोज कार्की – बैशाख १५ गुल्मि  ,गुल्मिको उपल्लो तम्घास म बि मा फरक क्षमता भएका विद्यार्थी हरुलाइ खेलखुद सामाग्री बितरण गरिएको छ । जिल्लामा अबस्थित रेसुङा नगर पालिका ९ उपल्लो तम्घास मा बि मा टेम्पो चालक डाइमण्ड घिमिरेले फरक किसिमका विद्यार्थी हरुलाइ जन्म उत्सबको पावन अबसरमा खेलकुद सामाग्री बितरण गरेका छन । विद्यार्थी को पठन पाठन मात्र नभइ विद्यार्थीको खेलकुदमा बिकास गर्ने हेतुले खेलकुद सामाग्री बितरण गरेको घिमिरेले बताए । गुल्मी जिल्लामा रहेका स्थानीय तह रेसुङा नगरपालिका ,मुसिकोट नगरपालिका , मालिका गाउँपालिका , मदाने गाउपालिका , कालिगाण्की गाउपालिका ,छत्रकोट गाउपाकिका , धुर्कोट गाउँपालिका , इस्मा गाउपालिका, रुरु गाउपालिका चन्द्रकोट गाउपालिका र गुल्मी दरबार गाउपालिका बाट उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमता भएका ३३ जना बिद्यार्थीले अध्यन गर्द्छन । सत्यबति गाउपालिकाका एक जना पनि विद्यार्थी छैनन ।

जन्म दिनको अबसरमा होटल तथा रेस्टुरेन्ट बुक गरेर पैसा खर्च गर्नु भन्दा त फरक क्षमता भएकालाई खेलकुद सामाग्री सहयोग गर्न पाउदा निकै खुसी भएको टेम्पो चालक डाइमण्ड घिमिरे बताए । घिमिरेले आइतबार उपल्लो तम्घास मा बि का विद्यार्थी हरुलाई २ थान भलिबल र विद्यार्थीलाई खेल्ने ३ थान रिन विद्यालयका प्र अ राममणी पन्थिलाइ घिमिरेले हस्तान्तरण गरेका हुन । विभिन्न ब्याक्तिले फरक क्षमता भएका विद्यार्थीहरु लाई सहयोग गर्दै आएको र एउटा टेम्पो चालकले पनि फरक क्षमता भएका विद्यार्थी सहयोग गरेकोमा विशेष धन्यवाद सहित आगामी दिनमा पनि यस्तै सहयोग अपिल मागेका थिए । उपल्लो तम्घास मा बि मा ३३ जना फरक क्षमता भएका विद्यार्थी मध्य बौद्धिक अपांग १३ र बहिरा २० जना रहेका छ्न भने जस मध्य छात्र १६ र छात्रा १७ रहेको बिधालयले बताएको छ । जन्म उत्सबमा सहयोग गर्ने टेम्पो चालकले तम्घास लगायत आसपासका स्थानीयहरु लाई आबाज जाबतमा टेवा पुयाउदै आएका छ्न ।