जनकल्याण साकोसद्धारा पाल्स वर्कसप सम्पन्न ।

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।  नवलपरासी । जनकल्याण बचत तथा ऋण सहकारीको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा शनिवार नवलपरासीमा चौथो कार्यकुशालता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाल्म वर्कसप) सम्पन्न भएको छ ।  कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कुनका महासचिव चन्द्र प्रसाद ढकालले अहीले सहकारीले स्थानिय स्तरको आर्थिक विकासमा खेलेको भुमिकाको स¥हाना गर्दै सहकारीहरु व्यवस्थीत र पारदशि तवरले सञ्चालन गर्नु पर्ने बताउनु भयो । उहाले स–साना सहकारीहरु यत्रतत्र रहनु भन्दा अव सहकारीले ठुलो रुप लिनु पर्ने र त्यसका लागी सहकारीहरु मर्ज गर्न सकिने बताउनु भयो । कार्यक्रममा विशिष्ठ अतिथि जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेलले सहकारी सहकार्य र सेवामुखी भावनाले सञ्चालनमा रहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रोवेशन नारायणी क्लष्टर तेस्रोमा रहेका पौरखी सकोस कावासोति, मार्गदर्शन ुसाकोस चितवन, सृर्जनशिल सकोस कावासोति, सुपर साकोस बर्दघाट, सुरक्षित साकोस चितवन, इन्द्रग्राम साकोस, लोककल्याणकारी साकोस, सहयात्री साकोस र जनकल्याण साकोसगरी नौ वटा सहकारीहरुका प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रममा नौ वटै सहकारीका प्रतिनिधिहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै छलफल गरीएको थियो । भने सहभागीहरु बाट आएका जिज्ञासाहरु मेटाउदै कार्यक्रमलाई का कार्यक्रम संयोजक भरत न्यौपानेले सहकारी ऐन २०७४ को बारेका समेत प्रष्ट पार्नु भएको थियो ।  कार्यक्रममा जनकल्याण साकोसका अध्यक्ष डिक बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता, प्रोवेशन कार्यदलका संयोजक बालिन्द्र विक्रम शााहीको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव दिपक थापाले गर्नु भएको थियो ।