फुलबारीद्वारा बालगृहलाई ६५ हजार बरावरको आर्थिक सहयोग

प्रकाशित मिति:

झविन्द्र देवकोटा ,बुटवल रुपन्देहीको सैनामैना बनबट्टामा रहेको अभियान नेपाल बालगृहमा बुटवलको एक क्लवले ६५ हजार वरावरको आर्थिक सहयोग गरेको छ । लायन्स क्लव अफ बुटवल फुलवारीले बालगृहमा निर्माणधिन भवन निर्माणका लागि आर्थिक तथा बालगृहमा आश्रित बालबालिकाहरुलाई शैक्षिक सामग्री गरि ६५ हजार रुपैया वरावरको आर्थिक सहयोग गरेको हो ।

क्लवका अध्यक्ष राजेन्द्र श्रेष्ठले अभियान नेपाल बालगृहका संचालक तिलक शाहीलाई उक्त सहयोग हस्तान्तरण गर्नु भएको थियो । सहयोग प्रदान गर्दै क्लवका अध्यक्ष श्रेष्ठले मानवसेवामा समर्पित क्लवले सामाजिक उत्तरदायित्व बहन गर्ने कुनैपनि कार्यलाई निरन्तरता दिने उल्लेख गर्दै आगामी दिनमा असहायको सहयोगमा क्लव कृयाशिल रहने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव ईन्टरनेशन ३२५ बीटूका डिष्ट्रिक चिफ द्वारिका प्रसाद श्रेष्ठ, अभियानका संचालक तिलक शाही, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीप्रसाद भट्टराई, आर्थिक सहयोगदाता ताराप्रसाद डुम्रे, क्लवका उपाध्यक्ष रोमनाथ ढकाल, दिनेशमान वज्राचार्य, कार्यक्रम संयोजक बैकुण्ठ श्रेष्ठ, क्ववका पुर्वअध्यक्ष ज्ञानेन्द्र सिमानगैडा, प्रकाश कुमार श्रेष्ठ लगायतले सानोसानो सहयोगले ठुलो हित हुने भएकाले सहयोगलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भएको थियो । क्वलका सचिव नरेन्द्र श्रेष्ठको संचालनमा भएको कार्यक्रममा बालगृहमा रहेका १३ जना द्वन्द्वपीडित बालबालिकाहरुलाई स्कुल ब्याग, छाता, जुत्ता लगायतका शैक्षिक सामग्री प्रदान गरिएको थियो ।