स्वरोजगार निर्माणका लागि बिरगाथा सहकारी तालिम

प्रकाशित मिति:

बुटवल-बिरगाथा बचत तथा ऋणनसककारी संस्थाले आफ्ना महीला सदस्यलाइ आत्मनिर्भर बनाउने उद्धेश्यले संचालित तिन महिने ब्युुटीसीयन तालीम सम्पन्न गरेको छ। तालिमको समापन गर्दै संस्थाका अध्यक्ष क्या जनक थापाले पछिल्लो समय ब्युुटिसियन पेशामा आकर्षण बढिरहेको र तालिम प्राप्त बिरगाथाले आफ्ना सदस्यले ब्यबसाय गर्न चाहेको अबस्थामा सहुुलीयत दरमा लगानी गर्ने समापन समारोहमा बताउनुु भएको छ ।

समापन समारोहमा अध्यक्ष थापाले आगामी दिनमा बिरगाथाले स्वरोजगार सृजना गर्नका लागी बिबिध तालीमहरु सञ्चालन गर्ने बताउनुुभयो। कार्यक्रममा रेडीयो समावेशीका प्रबन्धक तथा सामुुदायीक रेडीयो प्रशारक संघका केन्द्रीय सदस्य मिलन गाहाले तालिममा सिकेका शिपलाइ दैनिक जिबनमा आर्थिक उपार्जन गर्ने अभीयानमा लाग्न सुुझाउनुुभयो।

त्यस्तै समापन समारोहमा ब्यबस्थापक चन्द्र बहादुुर राना,कोषाध्यक्ष श्याम श्रेष्ठ,उपाध्यक्ष मेयर सिंह कुुवर,प्रशिक्षार्थीका तर्फबाट शोभा थापा र प्रशिक्षकको तर्फबाट मनुु थापाले आफ्ना भनाइ राख्नुुभएको थियो। समापन समारोहमा सहभागी प्रशिक्षार्थी लाइ अध्यक्ष जनक थापा र मिलन गाहाले संयुुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुु भएको हो। ३० जनाको सहभागीता रहेको तालीममा मनुु थापा र माया परीयारले सहजीकरण गर्नुु भएको थियो।