कुंवर सेवा समाज रुपन्देहीमा नया“ नेतृत्व चयन

प्रकाशित मिति:

बुटवल । कुंवर सेवा समाज रुपन्देहीको १६ औ साधारणसभा तथा ८ औ अधिवेशनले नया“ नेतृत्व चयन गरेको छ । सनिवार बुटवल वेलवासमा भएको अधिवेशनले दल कुमार थापा कुंवरको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा लोकबहादुर कु“वर, नरबहादुर कुंवर गिता कुंवर रहेका छन ।

त्यसैगरी कोषाध्यक्षमा प्रेम बहादुर कुंवर, सदस्यहरुमा तिला कु“वर, गुञ्ज बहादुर कुंवर, चित्रवहादुर कुंवर, पदम माया कुंवर, चन्द्रवहादुर कुंवर, ज्ञानु कुंवर, देववहादुर कुंवर , कृष्णा कुंवर, गोपाल कुंवर, हिमवहादु कुंवर रहनेका छन । त्यसैगरी अधिवेशनले प्रेमवहादुर कुंवर र वेदवहादुर कुंवरलाई केन्द्रिय प्रतिनिधीमा चयन गरेको छ ।

यस अघि अधिवेशनको उद्घाटन गर्दे कु“वर सेवा समाज नेपालका महासचिव गणेश बहादुर कुंवरले राष्ट्को हितको लागी कुंवर विर पुर्खाल योगदान पुराएको बताउदै यहाहरुकै कारण राष्ट्यिता मजवुद भएको बताए ।कार्यक्रममा केन्द्रिय सदस्य गुणदेव कुंवरले कुंवर वन्धुको आर्थिक, सामाजिक उत्थानको लागि समाजले केन्द्र देखी स्थानिय स्तर सम्म एकाकार एर भूमिका खेल्नुपर्ने बताए ।कार्यक्रममा अर्का केन्द्रिय सदस्य तेजवहादुर कु“वर, केन्द्रिय लेखा समितिका सदस्य बेद बहादुर कुंवर, पुर्व अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक कर्णवहादुर कु“वर, जनप्रतिनिधी चोकवहादुर कु“वर, पुर्व सचिव राजेन्द्र कु“वर, जिल्लाका वरिष्ठ उपाध्यक्ष दलवहादुर कु“वर, सचिव हरिबहादुर कु“वर लगायतले मन्तव्य व्यक्त गरेका थिए । साधारण सभाले अध्यक्ष प्रेमवहादुर कुंवरको प्रतिवेदन तथा कोषाध्यक्ष पुर्णबहादुर कुंवरको आर्थिक प्रतिवेदन पारित गरेको छ । सो अवसरमा एसइइ–२०७४मा ३.८० जिपिए ल्याउने शुद्धोधन गाउपालिका –२ निवासी सुनिल कु“वरलाई सम्मानित गरिएको थियो ।