वडा कार्यालयमा ड्युटीकै बेला वडाध्यक्ष नहुदा एक जना मानिस सुतिरहेको अवस्थामा भेटिए,

प्रकाशित मिति:

नवलपरासी-पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर २ को वडा कार्यालयमा ड्युटीकै बेला वडाध्यक्ष नहुदा एक जना मानिस सुतिरहेको अवस्थामा भेटिएका छन । आइतबार दिउसो साढे दुई बजे तिर स्थानिय युवाहरु चिरन्जिवी अर्याल, शुसान्त शर्मा घिमिरे, बिनायक शर्मा, सत्यनरायण चौधरी, सन्जय मौर्या, नगेन्द्र चौधरी लगाएत १० जना युवाहरुको टोली सरावल वडा नम्बर २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीलाई भेट्न जादा चौधरी आफ्नो कार्यकक्षमा नभेटिएको र उहाँकै कार्यकक्षमा एक जना मानिस पंखा र एसि खुलिरहेकोे अवस्थामा सुतेको भेटिएको सो टोलीमा सहभागी एक युवा सञ्जय मौर्याले जानकारी दिनुभएको छ ।

साथै उहाँले आफुहरुले वडा सचिव सुमन गुप्तासंग सोध्दा वडा सचिव गुप्ताले आफुलाई वडाध्यक्ष कहा जानुभएको भन्ने कुरा एकिन थाह नभएको सायद परासी तिर जानुभएको हुनसम्क्ने भन्ने कुरा बताएको बताउनुभयो । यसै विषयमा रहेर सरावल गाउपालिका वडाध्यक्ष २ का वडाध्यक्ष शम्भु चौधरीसंग बुझ्न खोज्दा वडाध्यक्ष चौधरीले वडा नम्बर २ को अत्रहटी देखी सुर्यपुरा सम्म कालोपत्रे गर्न ५ पाँच करोडको योजना परेकोमा अत्रहटी मै आउनुभएका प्रदेश ईन्जिनियर तेज प्रसाद अधिकारीलाई भेट्नुपर्ने भएकोले आफुले वडा कार्यालयमा आएका १० जना सेवाग्राहीहरुलाई म एक घण्टा पछी आउछु भनेर निस्केको तर त्यति बेला बाकी सेवाग्राही बाहिर बसिरहेका र एक जना सेवाग्राही भने आफ्नै कार्यकक्षमा बसेको हुदा उहाँलाई बाहिर निस्कदा पंंखा र एसि बन्द गरेर निस्किनु भनेर आफु निस्केको प्रतिकृया दिनुभएको छ । साथै वडाध्यक्ष चौधरीले वडा सचिव सुमन गुप्ता आफ्रनै कक्षमा ब्यस्त अवस्थामा रहेपनि म केही कामले बाहिर निस्केको भन्ने कुरा उहाँलाई भनेर आफु त्यहाबाट निस्केको साथै सेवा ग्राही संग पनि आफु बाहिर निस्केको कुरा बताएको र अत्रहटीको काम सकिएर आफु परासी तर्फ गएको बताउनुभयो ।