ई रिक्साको उचित व्यवस्थापन हुन्छ : कानुनमन्त्री

प्रकाशित मिति:

बुटवल -प्रदेश नम्बर पाँचका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीले स्थानीय तहको पहलबाटै यस क्षेत्रमा सञ्चालित ई–रिक्साहरू व्यवस्थापन गरिनुपर्ने बताएका छन् ।
उनले बजार क्षेत्रमा आवागमनका लागि साना सवारी साधानले महत्वपूर्ण भूमिका खेल्दै आएका भन्दै त्यसको व्यवस्थापनका गर्न बुटवल नगरले चासो दिनुपर्ने बताए । हरियाली यातायात प्रालि बुटवल, रूपन्देहीको साधारणसभा तथा प्रथम अधिवेशनमा बोल्दै मन्त्री केसीले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर ई–रिक्सा व्यवस्थापन गर्न जोड दिए । ‘प्रदेश सरकारले पनि यातायात ऐन बनाउँदै छ’ मन्त्री केसीले भने, ‘ई–रिक्साको दर्ता, नियमन र व्यवस्थापनको पाटो स्थानीय तहलाई छ । त्यस्तैले बुटवल नगरसँग छिटो समन्वय गरी विधि र नीति बनाएर ई–रिक्सा व्यवस्थापन गरिनुपर्छ ।’

मन्त्री केसीले थपे, ‘अटो रिक्सा धेरै हुँदा व्यवस्थापनमा कठिनाई भइरहेको मैले पाए । बजार क्षेत्रमा मानिसहरूको चाप बढेसँगै रिक्सा पनि धेरै थपिदा समस्या आएको हो । ई–रिक्साको व्यवस्थापन प्रदेशसँग भन्दा स्थानीय तहसँग बढी उनीहरूसँग बढी सहकार्य गरिनुपर्छ ।’ कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ले ई–रिक्सा चालकहरू इमानदार बन्नुपर्ने बताए । हरियाली यातायातका अध्यक्ष कृष्णप्रसाद तिवारीले २०७३ असार मसान्तसम्म बुटवल नगरपालिकामा सूचीकृत भएका १ हजार १८ ई–रिक्सालाई पहिलो चरणमा व्यवस्थापन गरिनुपर्ने बताए । तिवारीले नगरभित्रका क्रसिङ प्रयोग गर्दै राजमार्ग प्रयोग बिना गन्तव्यसम्म पुग्न नमिल्ने भन्दै राजमार्ग प्रयोग गरी सहजा आवागमन हुने गरी ई–रिक्सा चल्न दिनुपर्ने बताए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघका सचिव रामचन्द्र भुसाल, रुपन्देही उद्योग संघका सचिव जीवकान्त काफ्ले टेरा मोर्टरका सञ्चालक ज्ञानप्रसाद बस्याल लगायतले बोल्दै बुटवलमा सुन्दर बनाउने रिक्सा व्यवस्थाप आवश्यक रहेको बताए । कार्यक्रममा अध्यक्ष कृष्ण प्रसाद तिवारी र कोषाध्यक्ष लालबहादुर राईको प्रतिवेदन पारित भएको छ । प्रालिका अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षता तथा सचिव गोपाल रिजालको सञ्चालनमा कार्यक्रम भएको थियो । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।