आस्थमले मनायो १४ औं वार्षिकोत्सव

प्रकाशित मिति:

बुटवल,२८ बैसाख । एशियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलले १२ औं स्थापना दिवस एवं तेस्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा बोल्दै होटल तथा रेष्टुरेन्ट व्यवुसायी संघ बुटवलका अध्यक्ष समुन्द्र जीसीले पछिल्लो समय रुपन्देहीमा मात्र नभई देशभर नै होटल म्यानेजमेन्ट पढेका दक्ष जनशक्तिको माग अत्यधीक रहेको बताए । उनले होटल म्यानेजमेन्ट पढेका विद्यार्थी बेरोजगार भएर बस्न नपर्ने भएकाले पनि यसमा विद्यार्थीको आकर्षण बढेको बताए । आस्थमका प्रबनध निर्देशक घमानसिंह (जीएस) गुरुङले २०६२ सालमा स्थापना भएको आस्थम होटल म्यानेजमेन्ट,कुकिङ,हाउस किपिङ लगायतका विषय पढाई हुने बुटवलकै अग्रणी संस्था भएको बताए । उनले रुपन्देही पर्यटनको हब बन्दै गएकाले होटल म्यानेजमेन्ट पढेका र पढ्ने विद्यार्थीको रोजगारी सुनिश्चित रहेको बताए । नेपालमा उत्पादन हुने होटल म्यानेजमेन्ट लगायतका क्षेत्रका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न राज्यले गम्भीरतापुर्वक ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा संस्थामा अध्ययनरत छैठौं ब्याचले सातौं ब्याचका विद्यार्थीलाई स्वागत तथा तेस्रो ब्याचका २७ जना विद्यार्थीको विदाई (दिक्षान्त) गरिएको थियो । कार्यक्रममा सातौं ब्याचको इन्ट्रान्समा प्रथम भएका विद्यार्थी किरण गौतमलाई ३७ हजार पांचसय रुपैया प्रदान गरिएको थियो भने तेस्रो ब्याचमा प्रथम आस्थाकुमारी श्रेष्ठ,द्विीय आस्था कुंवर र तृतीय नवीन कुंवरलाई पुरस्कृत गरिएको थियो । यस्तै नवीनकुमार सोमैलाई बेस्ट कर्टेस,मनिषा सिंजापतिलाई बेसट हाइजिन एण्ड ग्रुमिङ,आस्था कुंवरलाई बेस्ट पङचुआलिटी अवार्ड प्रदान गरिएको छ भने स्टुडेन्ट अफ दि इअरमा आस्था कुमारी श्रेष्ठ पुरस्कृत भएकी छन् । सो अवसरमा संस्थाका फुड उण्ड बेभरेज इन्चार्ज इश्वरमान थापा,प्रोग्राम कोर्डिनेटर दिलिपकुमार श्रेष्ठ,प्रोजेक्ट कोर्डिनेटर नारायण थापालाई सम्मा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा आयोजित मिस्टर फ्रेसर तथा मिस फ्रेसरको उपाधि क्रमशः किरण गौतम र भगवती गहतराजले जितेका थिए । किरण गुरुङको संचालनमा सम्पन्न कार्यक्रममा संस्थाबाट चीनमा इन्टर्नसीपमा पढेर फर्केका विद्यार्थी सोनु सोमै मगरले आफ्ना अनुभव सुनाएका थिए । संस्थामा २१ महिने डिप्लोमा इन होटेल म्यानेजमेन्ट तथा एड्भान्स डिप्लोमा इन् होटेल म्यानेजमेन्ट तथा छोटो अवधिका कुक लगायत तालिमसंचालन हुंदै आएका छन् ।