देवदह बैशाख ,बुद्धको मावली स्थल प्राचिन कोलिय गणराज्यको राजधानीको रुपमा लिइएको देवदह नगरपालिकामा आगामी जेष्ठ ८ देखि १६ गते सम्म एक हप्ते देवदह राष्ट्रिय काष्ठकला कार्यशाला २०७६ आयोजना हुने भएको छ ।
नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ र बुद्ध सामुदायिक वनको मुख्य आयोजना र ड्रिम देवदह युनिटी फर चेन्जको प्रवद्र्धनात्मक सहयोगमा उक्त कार्यशाला दे लागेको हो । उक्त कार्यशालामा नेपाल पर्यटन पत्रकार संघ, रुपन्देही, स्थानिय मिडियाहरु पनि मिडिया साझेदारको रुपमा रहनेछन भने देवदहमा रहेका साहित्य कला क्षेत्रमा कार्यरत उज्यालो लालटीन प्रतिष्ठान, युगिन साहित्यीक समाज, अनुराग साहित्य समाज लगायत स्थानिय वडा नं ५ र ६ का आमा समुह एवं युवा क्लब सह आयोजकको रुपमा रहेर क्रियाशिल हुनेछन । यो कार्यशालाको देवदह नगरपालिका पर्यटन प्रवद्र्धन समितीले संरक्षकत्व लिनेछ ।
आज कार्यशाला स्थल गौतम बुद्ध राष्ट्रिय उद्यान देवदह ६ मा आयोजित बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । वडा नं ६ का वडा अध्यक्ष दामोदर क्षत्रिको प्रमुख आतिथ्यतामा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ द्धय गोविन्द चौधरी र यम थापाको उपस्थितीमा भएको अन्तरक्रियामा कार्यशालाको अवधारणा र कार्यक्रमको खाका ड्रिम देवदह युनिटी फर चेन्जको संयोजक सिद्धिचरण भटराईले प्रस्तुत गर्नु भएको थियो । उहाँले एक हप्ता सम्म मुर्तिकारहरु देवदहमा रहेर काष्ठ मुर्तिहरु बनाउने छन । ति मुर्तिहरु गौतम बुद्ध राष्ट्रिय उद्यानमा सजाईने बताउनु भयो । यसपछि देवदहमा पर्यटन आगमन हुने आशा गरिएको छ ।
कार्यक्रमका देवदह नगरपालिका पर्यटन प्रबद्र्धन समिती सदस्य बासु रिमाल, प्राज्ञ याम थापा, पत्रकार मनिष पन्त, सामुदायिक वन सञ्जालका अध्यक्ष ख्याम नारायण ढुंगानाले कार्यक्रमलाई हरतरहले सफल बनाउन समुदायलाई अपिल गर्नु भयो । कार्यक्रमबाट टेक बहादुर रानाको संयोजकत्वमा ५०१ सदस्यी कार्यशाला मुल आयोजक समिती गठन गरेको छ । जसबाट १७ सदस्यीय सचिवालय पनि निर्माण गरिएको छ । विभिन्न उपसमिती संयोजकहरु तोक्ने जिम्मेवारी बुद्ध सामुदायिकवनलाई दिइएको छ ।