ट्राफिक नियम र किशोर किशोरीहरुमा हुने अभद्र ब्यवहार विरुद्ध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

नवलपरासी-समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विहिबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ बर्दघाट स्थित एक्सआर्मी ईग्लिश बेर्डिंग स्कुलमा लागु औषध दुब्र्यसनी, ट्राफिक नियम र किशोर किशोरीहरुमा हुने अभद्र ब्यवहार विरुद्ध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका कक्षा ८ देखी कक्षा १० सम्मका छात्र छात्राहरुलाई लक्षित गरि सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरिक्षक बुद्धि सागर पुरीले समाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानी, टफिक नियम, लागु औषध दुब्र्यसनी र किशोर किशोरीहरुमाथि हुने हिसांबाट जोगिने उपाय र एैन कानुनका बारेमा सहजिकरण गर्नुभएको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत यस किसिमका सचेतना कार्यक्रम बर्दघाट नगर क्षेत्र भित्रका सबै निजि तथा सामुदायिक विद्यालयहमा सञ्चालन गरिने र यसलाई निरन्तरता दिदै जाने बर्दघाट प्रहरी प्रमुख पुरीले बताउनुभयो ।