नेकपा टोल कमिटि र अखिल नेपाल महिला संघ गठन

प्रकाशित मिति:

नेकपा कम्युनिष्ट पार्टी नेकपा सरावल गाउपालिका वडा नम्बर १ को वडा कमिटीले सोमबार भेला बसि सरावल १ स्थित पथरैयामा नेकपा टोल कमिटि र अखिल नेपाल महिला संघ गठन गरेको छ ।

नेकपा सरावल वडा नम्बर १ का अध्यक्ष बेदनिधि पाण्डेको अध्यक्षता तथा केपा सरवला गाउ कमिटिका अध्यक्ष लिलाधर पाण्डेको प्रमुख आतिथयतामा सम्पन्न भेलाले गंगा तिवारी पाण्डेको अध्यक्षतामा १९ सदयिय नेकपा टोल कमिटि गठन गरेको छ । जसको सचिवमा खेम नारायण चौधरी लगाएत सदस्यहरु रहनुभएको छ । त्यस्तै, भेलाले हिरा खनाल गैरेको अध्यक्षतामा २५ सदस्यिय अखिल नेपाल महिला संघ पनि गठन गरेको छ । जसको सचिव लेखावती चौधरी लगाएत सदस्यहरु रहनुभएको छ ।

सो अवसरमा नव गठित कमिटिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै प्रमुख अतिथि पाण्डेले आगामी दिनहरुमा यस गठित कमीटिहरुले समाजिक गतिविधिमा सहभागी हुदै समाजलाई अगाडी लैजान विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै जाने बताउदै कमिटिमा रहेर निष्पक्ष र ईमानदारिता पुर्वक कार्य गर्न सम्पुर्ण कमिटिका पदाधिकारीहरुलाई आग्रह समेत गर्नुभयो । नेकपा सरावल वडा नम्बर १ की सदस्य मञ्जु चालिसेको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।