प्रथम कञ्चन महोत्सब भोली ४ बजे बाट शुरु हुने

प्रकाशित मिति:

कञ्चन,सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन ४,रुपन्देहीको आयोजना तथा नेपाल मेला महोत्सब संघ,काठमाण्डौको ब्यबस्थापनमा हुने प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब भोली देखि शुरु हुदैछ।कञ्चन गाउपालिका वार्ड नं।४ सुनगाभा चोकमा सांझको मेलाको रुपमा जेठ ३२ सम्म संचालन हुने प्रथम कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सब २०७६को को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएकोछ।

महोत्सब संयोजन समितिको आज सुनगाभा सामुदायिक बिकास केन्द्र,कञ्चन,रुपन्देहीको कार्यलयमा बसेको अन्तिम बैठकले महोत्सबका लागि सम्पुर्ण ब्यबस्थापन पूरा भएको र भोली सांझ ४ बजे प्रदेश ५ का उधोग,बन वातावरण तथा पर्यटन मन्त्री लिला गिरीले उदघाटन गर्ने सो को लागि महोत्सबमा आउने दर्शकहरुका लागि अत्यावस्य खानेपानी,सुरक्षा र प्राथमिक स्वास्थ्य उपचारका सम्पुर्ण तयारी पूरा भएको कुरा महोत्सब आयोजक समितिका संयोजक किरण के।सी।ले जानकारी दिनु भएको छ।

लुम्बिनी भ्रमण बर्ष २०७६ लाई सहयोग पुर्याउने गरि पर्यटन तथा ब्यबसाय प्रबर्द्धन गर्ने उद्धेस्यले संचालन गरिने कञ्चन व्यापार तथा सांस्कृतिक महोत्सबमा कृषि उत्पादनलाई प्राथमिकता दिइने महोत्सब संयोजन समितिका सह संयोजक खेम क्षेत्रीले बताउनु भएकोछ। यससंगै विभिन्न जातिय पहिचान सहितको विभिन्न सांस्कृतिक भेषभुषा र खानाको परिकार समेत महोत्सबमा राखिने र महोत्सबको मुख्य आकर्षणको रुपमा नेपाली गितमा नाच्न सक्ने मरुभुमिको उंट संगै प्रथम कञ्चन डान्स आइडियल २०७६ समेत हुने आयोजकले जनाएकोछ। सो प्रतियोगितामा प्रथम हुनेले रु।२५ हजार,दोस्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार नगद पुरस्कार पाउनेछन।

कञ्चन गाउपालिकाको समेत मुख्य सहयोग हुने सो महोत्सबबाट संकलित रकमले सुनगाभा हर्नाचौर शान्ती पार्क निर्माणका लागि खर्च गरिने भए पनि बेमौसमी समयमा आयोजना गरिएको यस महोत्सबलाई सफल रुपमा सम्पन्न गर्न कञ्चका सबै तह र पक्षहरु संग बृहत् छलफल र सहकार्य गरिरहेको समेत सुनगाभा सामुदायिक बिकास केन्द्रका सदस्य हिमा बेलबासेले जानकारी दिनु भएकोछ।बाह्य तथा आन्तरिक प्रयटक भित्र्याउने गरि निर्माण हुन थालेको सुनगाभा हर्नाचौर शान्तीपार्क निर्माण गर्न संचालन गरिएको महोत्सबमा कृषि उत्पादन,फेन्सी तथा कस्मेटिक,होटल तथा रेष्टुरेन्ट लगायत बाल उधान गरि ११० स्टल रहनेछन भने महोत्सबको अवसरमा ५० हजार दर्शक भित्र्याई करिब डेढ करोड बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य लिएकोछ।राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत महोत्सबमा सागर आले,बद्री पंगेनी,ज्योती मगर,कमल खत्री लगायत कलाकारहरु आउनेछन।मेलालाई सुरक्षित र ब्यबस्थित गराउन जनपद प्रहरी र शसस्त्र प्रहरी बलको साथमा स्थानिय संघ संस्थाहरु संगको सहकार्यमा दैनिक २० जना स्वयमसेबक परिचालन गरिने र भोली उदघाटन शत्रलाई सभ्य र भव्य बनाउन जनपद प्रहरी र शसस्त्र प्रहरी सहित ६० जना युवा स्वयमसेबक परिचालन गर्ने र आयोजकले जनाएकोछ।त्यस्तै महोत्सबमा दर्शकहरुको स्वास्थ्योपचारको लागि जिल्ला जन स्वास्थ्य कार्यलय रुपन्देहीको स्वास्थ्य टोलीले १५ दिन सम्म प्राथमिक उपचारको निशुल्क सेवा दिनेछन।