तिलोत्तमा-तिलोत्तमा परियार समाज नगर समिति रुपन्देही को आयोजना एब तिलोत्तमा नगरपालिका को आर्थिक सहयोग मा तीन दिने नौमती पन्चेबाजा प्रशिक्षण सम्पन्न भएको छ।तिलोत्तमा परियार समाज का अध्यक्ष लक्ष्मण सुनाम को अध्यक्षतामा भएको समापन कार्यक्रम मा प्रमुख अतिथि तिलोत्तमा नगरपालिका का प्रबक्ता सुरेन्द्र श्री ले राष्ट्रिय पहिचान को रुपमा रहेको यस नौमती बाजा लाई संरक्षण गर्न साथै व्यावसायिकरण संगै आधुनिकीकरण गर्दै नयाँ पुस्ता ले जगेर्ना गर्नुपर्ने बताउनु भएको छ।

अवसर बाट बन्चित गरिएका दलित समुदायहरुका लागि यस प्रकार का तालिम ले आर्थिक पक्ष सुदृढ संगै कला संस्कृतीको संरक्षणमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भएको थियो।
समापन कार्यक्रम मा बोल्दै परियार सेवा समाज रुपन्देही का अध्यक्ष लोक बहादुर नेपाली ,कोषाध्यक्ष सन्जित बुढापृथी ,तिलोत्तमा परियार समाज का बरिस्ठ सल्लाहकार जंग बहादुर बुढापृथी ,कृष्ण परियार,टिकिसरा घले ,पार्बती बुढापृथि लगायतले नौमती बाजा लाई समूह बनाएर सिंगो रुपन्देही जिल्लामा नमुना बनेर देखाउन शुभकामना व्यक्त गर्नु भएको छ।तालिम मा महिला पुरुष गरि २४ जना बढी को उपस्थिति रहेको थियोे ।तालिम को प्रशिक्षण अनिल पहाडी ले गर्नु भएको थियो ।समापन कार्यक्रम को संचालन अभिषेक नेपाली स्वागत मन्तब्य प्रेम नेपाली ले राख्नु भएको थियो।












