जनजागृती मा.वि.मा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल -अन्तर्गत जनजागृती मा.वि. मा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कायक्रम कक्षा ६ देखि १० सम्म आधारभुत तह र मा.वि. गरि दुई भागमा सञ्चालन भएको हो । जसमा मा.वि.तर्फ प्रथम स्नेहा पौडेल, द्धितीय मनिषा पाण्डे, तृतीय अन्जन खड्का र सान्त्वना स्थान भावना काफ्लेले प्राप्त गर्न सफल भएका थिए ।

उक्त कार्यक्रममा नरेन्द्र बहादुर क्षेत्री अध्यक्ष, प्रमुख अतिथि वि.व्य.स.का अध्यक्ष यादवनाथ आचार्य, विशिष्ट अतिथि प्र.अ. टंक प्रसाद पौडेल, स.प्र.अ. खेमराज खनाल, हुनुहुन्थ्यो । साथै विष्णु पोख्रेल, तिलक डुम्रे र विकास शर्माले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो र कार्यक्रमको सञ्चालन शिक्षिका अमृता पराजुलीले गर्नु भएको थियो ।

त्यस्तै आधारभुत तह तर्फ क्रमशः प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान रोजिना पौडेल, सन्देश पाण्डे, मनोज न्यौपाने र सलिना घिमिरेले प्राप्त गर्न सफल भएका थिए । उक्त कार्यक्रममा गणेश भुसाल अध्यक्ष्य, प्रमुख अतिथि नारायण प्रसाद भुसाल, विशिष्ट अतिथ्यता छविलाल गैरे ले ग्रहण गर्नु भएको थियो भने शिक्षक दिपा पौडेल र इज्जत कंडेल ले निर्णायकको भुमिका निर्वाह गर्नु भएको थियो र कार्यक्रम सञ्चालन शिक्षिका गिता पन्थले गर्नुभएको थियो ।