तिलोत्तमाका ट्याम्पो तथा ई-रिक्सा ब्यवसायीहरू प्रालि मा जाने

प्रकाशित मिति:

तिलोत्तमा-तिलोत्तमा नगरभरि छरिएर रहेका ट्याम्पो तथा ई रिक्सा ब्यवसायीहरू अब प्रालि मा जाने भएका छन । अहिलेसम्म यातायात ब्यवस्था विभागबाट विना दर्ता चलेका टयाम्पो तथा ई रिक्सा ब्यवसायीहरूको तिलोत्तमा ८, ४ नम्बरमा आज बसेको भेलाले अब थप संगठित भई सम्पूर्ण दर्ता प्रक्रिया मार्फत प्रालि मा जाने घोषणा गरेका हुन ।

कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भीम ज्वाला राईले, केन्द्र, प्रदेश तथा स्थानीय ३ वटै तहबाट ब्यवसायीका माग ओझेलमा परेको भन्दै, संगठित रूपमा दर्ता प्रकियामा नगई नहुने अवस्था आईपरेको बताए । साथै उनले, कानुनी रूपमा दर्ता प्रक्रियामा जाने बित्तिकै ब्यवसायीका माग संबोधन हुने र नवीकरण लगायतका समस्या समेत स्वतस् समाधान हुने तर्क गरे । सोही कार्यक्रममा बोल्दै, ५ नम्बर प्रदेश अध्यक्ष कृष्ण प्रसाद कंडेलले, नेपाल सरकारको परिपत्र अनुशार ट्याम्पो तथा ई रिक्सा ब्यवसायीको नवीकरण तथा दर्ता सम्बन्धि कानुनी अड्चन अदालतमा विचाराधीन अवस्थामा रहेकै कारण ब्यवसायीहरू थप मर्कामा परेको भन्दै सबै क्षेत्रबाट हेपिन बाध्य हुनुपरेको औंल्याए ।

साथै कडेलले यातायात ब्यवस्था कार्यालय, नगरपालिका र प्रदेश सरकारको ढुलेमुले नितिका कारणले पनि ब्यवसायीहरू अफ्ठेरोमा परेको बताए । सोही कार्यक्रममा बोल्दै, यातायात ब्यवस्था कार्यालयका प्रमुख मुक्ति पाण्डेले, व्यवसायीहरू कानुनी मान्यतालाई विपरीत जान नहुने भन्दै दर्ता प्रक्रियामा जाँदा नवीकरण लगायतका सेवा सुविधाबाट स्वयंलाई फाईदा पुग्ने स्पष्ट पारे । कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष ध्यान बहादुर राई, केन्द्रिय महासचिव नवराज घिमिरे, केन्द्रिय सदस्य ठाकुर गैह्रे लगायतले ब्यवसायीका हकहितका बारेमा मन्तब्य दिएका थिए । नगर कमिटी अध्यक्ष ओमनाथ भण्डारीले अध्यक्षको प्रतिवेदन पेश गरेको कार्यक्रमको सन्चालन सचिव जीत बहादुर रानाले गरेका थिए ।