सैनामैना जगिलाल थापा श्री त्रिपुरेश्वर शिवालय मन्दिर तथा सामुदायिक सेवा समिती सैनामैना ११ को चौथो साधरण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शुशिला अर्यालको अध्यक्षतामा १५ सदस्यीय नयाँ मिन्दर व्यवस्थापन समिती चयन भएको छ ।
उपाध्यक्षमा भुमिलाल सापकोटा,सचिवमा लेखनाथ भुसाल,कोषाध्यक्षमा प्रेरणा चन्द्र ठकुरी र सहसचिवमा भिम कोइराला रहनुभएको छ ।सो अवसरमा प्रदेश ५ का प्रदेश सभा सदस्य तथा नेकपाका सचेतक भुमिश्वर ढकालले सैनामैनामा पर्यटन क्षेत्रको विकाशका लागि यस एेतिहासिक महत्व बोकेको मन्दिरले महत्वपुण भुमिका खेल्ने बताउनुभयो । कायक्रमका प्रमुख अतिथी समेत रहनुभएका ढकालले मन्दिरको भौतिक निर्माण लगायतका कार्यहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विशिष्ठ अतिथी सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैनामा रहेका एेतिहासिक धार्मिक मन्दिरहरुको संरक्षण गरी प्रचार प्रसार गर्नु सबैको दायित्व भएको बताउँदै नगरबाट आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो । कार्यक्रम हरीप्रसाद पौडेलको अध्यक्षता,प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा सैनामैना नगर प्रमुख चित्र बहादुर कार्कीको विशिष्ठ आतिथ्यतामा भएको हो । कार्यक्रम यमलाला खरेलको संचालनमा सम्पन्न भएको थियो ।












