नवलपरासीको भुमहीमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न,

प्रकाशित मिति:

नवलपरासी-लुम्बिनी बचत तथा ऋण सहकारी सस्था लिमिटेड सुनवल १२ भुमही पश्चिम नवलपरासीको आयोजना तथा नेपाल रेडक्रश शोसाइटी सुनवल उपशाखाको समन्वय एवं डाक्टर निता कण्डेल आखाँ अस्पताल रामग्राम परासीको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविर मंगलबार भुमहीमा सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष डिल्लीराज पाण्डेको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ सदस्य तथा सेवा विभाग उपसमितिका केन्द्रिय सदस्य लेखनाथ खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा २ सय ७५ जनाले शाखा चेकजाच गराएका छन । जसमध्य १० जनामा मोतियाविन्दुको समया देखापरेकोमा उनिहरुलाई शिविरमै निशुल्क औषधी समेत वितरण गरिएको र सस्थाको सिफारिसमा ५० प्रतिशत छुटमा परासी स्थित आखा अस्पतालमा आखाँको अपरेशन समेत गरिने ब्यवस्था मिलाइएको सस्थाका अध्यक्ष डिल्लीराज पाण्डेले जानकारी दिनुभएको छ ।

सो अवसरमा विशिष्ट अतिथिहरु नेपाल रेडक्रश शोसाइटी सुनवल उपशामखा प्रमुख गोपाल शर्मा र जनता बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष डोलराज भण्डारी लगाएत डाक्टर निता कण्डेल आखाँ अस्पताल रामग्राम परासी नवलपरासीकी प्राविधिक राधिका यादव रहनुभएको थियो । ससथाका कोषाध्यक्ष तोयानाथ न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सचिव टंक सुवेदीले गर्नुभएको थियो ।