हस्पिटालिटी सफ्टवेयर लन्च

प्रकाशित मिति:

बुटवल -होटेल व्यवसायको कारोबार र तथ्याङकलाई व्यवस्थित बनाउने उद्देश्यले विकास गरिएको सफ्टवेयर बजारमा आएको छ । सर्वनाम सफ्टवेयर प्रा.लि.ले ‘सर्वनाम कम्प्लिट होटल म्यानेजमेण्ट सिस्टम’ नामको सफ्टवेयर यस क्षेत्रका होटल व्यवसायीहरुको सहभागितामा लञ्च गरेको हो ।

कम्पनीका संस्थापक तथा निर्देशक नविन गौतमको अध्यक्षता र होटल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य एवं सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष सि.पि.श्रेष्ठको प्रमुुख्य आतिथ्यतामा भएको समारोहमा सफ्टवेयर लञ्च भएको हो । कम्पनीका संस्थापक तथा प्राविधिक निर्देशक सञ्जय त्रिपाठीले स्वागत तथा कार्यक्रमको बारे प्रकाश पारेका थिए । सो अवसरमा कम्पनीका तर्फबाट बजार प्रवद्र्धक अनिल बोहरा र संस्थापक तथा सिटिओ सञ्जय त्रिपाठीले सफ्टवेयरका विशेषता , फाइदा र महत्वबारे जानकारी गराएका थिए ।

सफ्टवेयरबारे जानकारी गराउँदै कम्पनीका निर्देशक नविन गौतमले ठूूला तथा गुुणस्तरीय होटलको उत्कृष्ट व्यवस्थापनका लागि सफ्टवेयर सजिलो,भरपर्दो र प्रभावकारी रहेको बताए । कम्पनीका प्रमुख प्राविधिक सञ्जय त्रिपाठीले सफ्टवयरले होटलको अगाडि रिशेप्शनदेखि एकाउण्ट,किचन पार्किङदेखि पूर्णतया व्यवस्थापनमा सहयोग पुुर्याउने बताए ।
कार्यक्रममा व्यापार संघ , रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारी ,क्यान महासंघ , रुपन्देहीका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ, होटल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष सि.पि.श्रेष्ठ लगाएतले बोल्दै पर्यटन क्षेत्रमा युवाहरुको प्रयास सराहनिय रहेको बताउँदै सफल कार्यान्वयनमा जोड दिन कम्पनी तथा उपभोक्तालाई सुुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सन्जु पौडेलले गरेकी थिइन् । काठमाण्डौंमा मुख्य कार्यालय रहेको उक्त कम्पनीमा हाल ४० जना कार्यरत रहेको कम्पनीले बताएको छ ।