बजार प्रतिनिधी संघको पाँचौ राष्ट्रिय महाधिबेशन बुटवलमा जारी

प्रकाशित मिति:

बुटवल -उद्योग व्यबसायको रक्षा गरौं, रोजगारीको संरक्षण गरौं भन्ने मुल नाराका साथ बुटवलमा शुरुभएको नेपाल बजार प्रतिनिधी संघको पाँचौ राष्ट्रिय महाधिबेशन बुटवलमा जारी छ । देशभरका ४५ शाखा उपशाखा समितिबाट झण्डै ११ सय प्रतिनिधी तथा पर्यबेक्षकहरुको सहभागिता रहेको सो महाधिबेशनले चयन गर्ने नयाँ नेतृत्वका लागि आज शनिबार मतदान सम्पन्न भएको छ ।

मतदान लगत्तै मतगणना शुरुगरिएको महाधिबेशन आयोजक समितिका संयोजक एवं निवर्तमान अध्यक्ष छबिलाल शर्माले बताए । शर्माका अनुसार आगामी ३ बर्षे कार्यकालका लागि कार्यसमिति निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव गरि ९ पदमा मात्र निर्वाचन भएको र कोषाध्यक्ष, सदस्य लगाएत अन्य सबै पदमा निर्बिरोध भएको छ ।स्थापना भएको सो बजार प्रतिनिधी संघका मुलुकभर झण्डै १५ हजार सदस्यहरु रहेको तथा कुल ४५ सदस्सिय केन्द्रिय कार्यसमितिका लागि भएको निर्वाचनमा करिब १ हजार मत खसेको संयोजक शर्माले बताए ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्योग मैत्री र लगानीमैत्री बातावरण बनाउन सरकार लागेको उल्लेख गर्दैे उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुर कर्मचारीहरुको सामाजिक सुरक्षाको प्रत्याभुती आवश्यक रहेकोे चर्चा गरेका छन । कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराई संघका वरिष्ठ उपाध्यक्ष युवराज खनाल लगायतले मन्तब्य राखेका थिए ।