बुटवल – रुपन्देहीमा भोली शनिवारदेखि रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ । कुञ्जलापुर खेल मैदान र जवई खेल मैदानमा असार १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा रुपन्देही जिल्लामा क्रियासिल २० वटा पुटवल क्लवको सहभागिता रहने आज बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
भोली उदघाटन खेल कुञ्जलापुर खेल मैदानमा झरना र अमर ज्योति युवा क्लवका बीचमा खेल हुने रुपन्देही जिल्ला पुटवल संघका उपाध्यक्ष मुकेश कुवरले जानकारी दिनुभयो । पर्सीदेखि बिहान र अपरान्ह दैनिक ४ खेल हुनेगरी तालिका बनाइएको छ ।
प्रतियोगिता उपाधि विजेताले नगद १ लाख ११ हजार, प्रमाणपत्र, मेडल तथा उपविजेताले नगद ५५ हजार, प्रमाणपत्र, मेडल प्राप्त गर्ने फुटवल संघका महासचिव तथा खेल संयोजक लोक पुनले जानकारी दिनु भयो । यसैगरि सेमीफाईनलमा पुग्ने दुई टिमलाई समेत नगद १०–१० हजार प्राप्त गर्नेछन ।












