आधारभूत व्युटिसियन तालिम संचालनमा

प्रकाशित मिति:

बुटवल /बुटवल उपमहानगरपालिका भित्र रहेका १८ वर्षदेखि ४० वर्षसम्मका सबै युवाहरुलाई व्यवसायिक दक्ष र सिपयुक्त बनाउने लक्ष्यका साथ बुटवल उपमहानगर लागिरहेको मेयर शिवराज सुवेदीले बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ बुटवल नगरसमन्वय परिषद्ले सञ्चालन गरेको आधारभूत व्युटिसियन तालिमको आज बुटवलमा उद्घाटन् गर्दै मेयर सुवेदीले बुटवलभित्र रहेका सबै युवाहरुलाई आत्मनिर्भर र स्वावलम्वी बनाउने उद्देश्यका साथ योजनाबद्ध ढंगले काम अघि बढिरहेको बताउनु भएको हो ।

कुनै न कुनै काम र सिपमा दक्षता र निपूर्णता आजको समयको आवश्यकता रहेकाले शैक्षिक योग्यताले मात्र नहुने उहाँको तर्क थियो । सो अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् रुपन्देहीका अध्यक्ष दल बहादुर छन्त्याल, फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा, महासंघका सल्लाहकारहरु भीम बहादुर राना, शिवप्रसाद शेरचन, नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष थर्क बहादुर बारघरे, नेवा पुचःका अध्यक्ष ज्ञानु लिगल, व्युटिसियन रमा भूजेल लगायतले बोल्दै आदिवासी जनजातिको समृद्धि र सहभागिता बिना कुनै पनि स्थानिय तहले समृद्धि हाँसिल गर्न नसक्ने धारणा राख्नुभयो ।

हरेक स्थानिय तह आदिवासी जनजाति, अल्पसंख्यक, दलित, महिला, मुस्लिममैत्री बन्नु पर्नेमा उहाँहरुको जोड थियो । नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समन्वय परिषद्का अध्यक्ष अरुणकुमार श्रेष्ठको अध्यक्षतामा भएको व्युटिसियन तालिम उद्घाटन् कार्यक्रम शम्भू गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा ४० जना युवतीहरुको सहभागिता रहेको छ । तालिमलाई बुटवल उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ |