जिप दुर्घटना प्रती सभापति भरत कुमार शाह द्वारा दु :ख ब्यक्त

प्रकाशित मिति:

रुपन्देही – नेपाली कांग्रेसका प्रभावसाली नेता सार्बजनिक लेखासमिती का सभापति भरत कुमार शाहले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । शाहले प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली नदीमा जिप खस्दा १० यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् । शाहले विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

‘पछिल्लो समय सडक दुर्घटना बढ्दै गइएको छ,’ शाहले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता दुर्घटना रोक्न तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराउँछु ।’मृतक तथा घाइते परिवार मा केन्द्र प्रदेश अनि स्थानिय सरकार लाई साहानुभुती मार्फत राहत बितरण गर्न सरकार को ध्यानाकर्षण गराएका छन  ।