चितवन उद्योग संघको टोली संघसंस्था भ्रमणमा

प्रकाशित मिति:

बुटवल –संघसंस्था तथा औद्योगिक भ्रमणमा बुटवल आएको चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघले बुधवार स्वागत तथा छलफल गरेको छ । संस्थागत सम्बन्ध विस्तार तथा अनुभव साटासाट गर्ने उद्देश्यले संघसंस्था भ्रमणका क्रममा आएको टोलीलाई संघले आफ्नो सभाकक्षमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरेको थियो ।छलफल कार्यक्रममा सहभागीहरुले संघसंसथा अवलोकन भ्रमणले संस्थाहरुवीच सम्बन्ध विस्तार गर्न तथा अनुभवहरु आदानप्रदान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा एक अर्काका परिपुरक रहेको हुँदा आर्थिक संमृद्धिका लागि दुबै क्षेत्र एक भएर अगाडी बढ्नु पर्ने सुझाव राखिएको थियो । कार्यक्रममा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर औद्योगिक विकासमा अगाडी बढेका मकवानपुर र रुपन्देही जिल्लाका उद्योगी व्यवसायीहरुले एक अर्कालाई कसरी सहयोग गर्न सकिन्छ भनेर सम्बन्ध विस्तारमा जोड दिइएको थियो । कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको संमृद्धि औद्योगिक क्रान्ति र विकास विना हुन नसक्ने बताउँदै त्यसका लागि राज्यले लगानी मैत्री वातावरण तयार गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले गौतम बुद्धको जन्म स्थल लुम्बिनी र मकवानपुरवीच सम्बन्ध विस्तार गरी पर्यटन उद्योगको विकास गर्न अग्रसर हुन अपिल गर्नु भयो । अध्यक्ष अधिकारीले कार्यक्रमका अवसरमा संघले गरेका कामका बारेमा जानकारी पनि गराउनु भएको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले प्रतिनिधि मण्डलको स्वागत गर्दै आर्थिक विकास विना राष्ट्रको विकास हुन नसक्ने कुरामा कसैको दुई मत नभएको उल्लेख गर्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्योगको विकासमा जोड दिनु भयो । उहाँले पछिल्लो समयमा राज्यमा स्थापित तीन तहको सरकारबाट उद्योग बाणिज्य क्षेत्रले सुविधा होइन असहयोग पाएको गुनासो गर्दै त्यसका विरुद्ध एक भएर आवाज उठाउन आग्रह गर्नु भयो । कार्यक्रममा रुपन्देही उद्योग संघका पूर्व अध्यक्षहरु पिएल श्रेष्ठ, तेजकुमार पाठक, सल्लाहाकार समितिका संयोजक राजेन्द्रसिंह गुरुङ लगायत बोल्नु भएको थियो । हेटौडाको छलफल कार्यक्रम पछि भ्रमण टोली प्रसिद्ध पर्यटकिय क्षेत्र दामनको अवलोकनका लागि प्रस्थान गरेको थियो । दामनमा एक रात विताएको टोलीले दामन, पालुङ तथा सिमभञ्ज्याङका विभिन्न स्थानको अवलोकन गर्नुका साथै त्यस क्षेत्रमा गरिएको कृषि उत्पादनका बारेमा जानकारी लिएको थियो । संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा रहेको भ्रमण टोलीमा भ्रमण संयोजक एवं वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोरा, प्रथम उपाध्यक्ष माधव पौडेल, द्वितिय उपाध्यक्ष दिलीप सापकोटा, महासचिव कृष्ण पराजुली, सहकोषाध्यक्ष हरी बहादुर खत्री, निवर्तमान अध्यक्ष दिनेशराज रेग्मी, अध्यक्ष परिषद्का अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ, पूर्व अध्यक्षहरु बोनिन पिया, तेजकुमार पाठक, पिएल श्रेष्ठ, सल्लाहार समितिका संयोजक राजेन्द्रसिंह गुरुङ, सल्लाहाकार ऋषि भण्डारी, कानुनी सल्लाहाकार यमलाल खनाल, प्रेश सल्लाहाकार सुमन अधिकारी, सदस्यहरु सुमन बस्याल, बसन्त ढकाल, माया खनाल, सरला भण्डारी, रेनुका खरेल, हिरामणी भट्टराई, सुरेन्द्र ज्ञवाली, युवराज आचार्य,माधव रेग्मी, कृष्ण भुसाल, दिपक खनाल, घनश्याम घिमिरे, यादव गैरे, प्रेम आले, रमेशचन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारी तथा कार्यालय सहयोगी ज्ञान बहादुर ओलीको सहभागिता रहेको थियो ।