वडा न १ को समिक्षा भेला सम्पन्न

प्रकाशित मिति:

एशिव शरण महत ,भीरकोट – भीरकोट नगरपालिका वडा न १ को आर्थीक वर्ष २०७५÷०७६ को कार्ययोजनाको समिक्षा भेला तमू समाजको सभाहलमा सम्पन्न भएको छ ।

समिक्षा भेलामा वोल्दै नगर प्रमुख छायाराम खनालले वडा न १ वयरघारी वजार क्षेत्रमा रहेकाले वजार क्षेत्रका सवै भित्री सडकहरु लाई कालोपत्रे गराई वजारवासीलाई सेवा सुविधा प्रदान गरेको वताउनु भयो । वजारका घरहरु व्यवस्थीत रुपमा निमार्ण नहुनाले व्यवस्थीत वस्ती वनाउन सकिएको छैन भन्दै प्रमुख खनालले अव निर्माण हुने घरहरु नगरपालिकाको मापदण्ड अनुसार निमार्ण गरी व्यवस्थीत वस्ती र सहर वनाउने वताउनु भयो । जती नगरपालिकामा आम्दानी हुन्छ त्यतीनै नगरपालिकाकाको छिटोे विकास हुने भएकाले नगरवासीले सेवा,सुविधा प्राप्त गरीसकेपछि राजश्व तिर्न र नगरपालिकाको निति कार्ययोजनालाई सहयोग गर्न आग्रह गर्नुभयो ।

समिक्षा कार्यक्रममा वडावासीहरुले वजारक्षेत्रको शान्ती सुरक्षालाई मध्य नजर गर्दै सिसि क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको,वडामा भएका प्रकृतीक स्रोत साधनको पहिचान गरी सहिसदुपयोग गर्नुपर्ने, वडामा विकास भएको महशुस भएको, जग्गा अभावका कारण वजार क्षेत्रमा सार्वजनीक शौचालय नभएर हैरान भएको अवस्थामा ७५ फुट भित्र भएपनी सार्वजनिक शौचालय निर्माण गरीएकोमा खुसी व्यक्त,टोल विकास समितिका सदस्यहरु क्रियाशिल हुनुपर्ने, वालमैत्री कार्यक्रम प्रभावकारी भएको, वजारमा मेडीटेसन जस्ता कक्षाहरु संचालन गर्नुपर्ने,नपा भीत्र ठाँउठाँउमा डिजीटल वोर्ड राख्नु पर्ने जस्ता कुराहरु वोलेका थिए ।

वाडको समिक्षा भेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला सदस्य दुर्गादत्त भुषाल,नेपाली कांग्रेस महाधिवेशन समिति सदस्य गोविन्द कुमार कर्माचार्य,नेपाल भू.पू. सैनीक संघ जिल्ला अध्यक्ष क्षेत्र वहादुर थापा,शिवजी टोल विकास समितीका अध्यक्ष होम वहादुर गुरुङ्,राधाकृष्ण टोल विकास समिति अध्यक्ष ढाकाराम खनाल लगायतले वडाको विकास र समग्र भीरकोटको समृद्धीका लागी सधै साथ र सहयोग गर्ने वताए ।
वडा न १ का वडा अध्यक्ष दिपेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी एशिव शरण महत र स्वागत वडा सदस्य महोमद मिँयाले गर्नु भएको थियो । आव २०७५÷०७६ मा वडामा ठूला साना गरी २९ ओटा योजनाहरु संचालमा रहेको र सवै योजना ९८ प्रतिशत काम सकिएको वडा अध्यक्ष दिपेन्द्र केसीले वताए ।