कञ्चन-कञ्चन गाउपालिकामा रहेको रुद्रपुर क्षेत्रिय आयुर्बेद औषाधलयमा प्राकृतिक उपचार सेवा शुभारम्भ भएको छ। कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहाद्ुर क्षेत्रीले एक कार्यक्रमका बिच सो प्राकृतिक उपचार सेवाको शुभारम्भ गर्नु भएको हो।उपचार सेवाको शुभारम्भ गर्दै अध्यक्ष क्षेत्रीले गाउपालिकाको स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन वडा वडामा स्वास्थ्य चौकीहरुको स्थापना गर्दै जाने र सेवाग्राहीहरुको लागि सरकारले उपलब्ध गराएको औषधी सहज र प्रभावकारी रुपमा बितरण गर्ने ब्यबस्था गरिने बताउनु भएको छ।

यस्तै आयुर्बेदिक स्वास्थ्योपचारलाई प्रभावकारी बनाउन रुद्रपुर क्षेत्रिय आयुर्बेद अस्पताललाई ब्यबस्थि गर्दै जाने बताउदै प्राकृतिक उपचार सेवाले जिर्ण रोगबाट पिडित बिरामीहरुको उपचारको लागि प्राकृतिक उपचार सेवा स्थापना गरिएको बताउनु भएको छ । यसैगरी वडा नं। ३का वडा अध्यक्ष तथा रुद्रपुर क्षेत्रिय आयुर्बेद औषाधलय ब्यबस्थापन समितिका अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले बुटवल पश्चिमको एक मात्र क्षेत्रिय आयुर्बेद औषाधलयको सेवालाई गुणस्तरिय र बिश्वासयोग्य बनाउन अस्पताल प्रशासनले योजना बनाएर अघि बढ्नु पर्ने बताउदै आयुर्बेद अस्पतालमा पनि उपचार हुन्छ भन्ने सकारात्मक सन्देश प्रबाह गर्नेगरी काम गर्नु पर्ने बताउनु भएको छ । उपचार केन्द्र अस्पतालमा मात्र सिमित नबनाई सेवाग्राहीहरु सेवा लिन आउने बाताबरण सृजना गर्न समेत सुझाव दिनु भएको छ ।
वडा नं। ३का वडा अध्यक्ष तथा रुद्रपुर क्षेत्रिय आयुर्बेद औषाधलय ब्यबस्थापन समितिका अध्यक्ष नगेन्द्र बहादुर लामिछाने अध्यक्षता तथा अस्पताल प्रमुख खिमानन्द खनालको स्वागतमा शुभारम्भ भएको प्राकृतिक उपचार सेवामा शिरोधारा, वाष्पश्वेदन यन्त्र, पन्चकर्म बिधिद्धारा बाथ तथा नसा र अति पुराना जिर्ण रोगहरुको उपचार हुने अस्पताल प्रमुख खिमानन्द खनालले जानकारी दिनु भएको छ ।












