सामाजिक परिक्षणले जनताप्रति थप उत्तरदायी बनाउन भुमिका खेल्छ : नगरप्रमुख गैरे

प्रकाशित मिति:

कौरव खत्री-बागलुङ /बागलुङको गलकोट नगरपालिका ३मा हटिया स्वास्थ्य चौकी सामाजिक परिक्षण सम्पन्न भएको छ ।शुक्रवार सामाजिक परिक्षणमा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सामाजिक परीक्षण कार्यले स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई यथार्थमा राम्रो प्रतिफल दिने बताउनु भएको छ ।गलकोट नगरपालिका वडा नं ३ स्थित हटिया स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको आम भेलालाई सम्वोधन गर्दै नगर प्रमुख गैरेले यस्तो बताएका हुन ।

साथै उनले जनताप्रति सम्बन्धित निकाय, स्वास्थ्यकर्मी उत्तरदायी छन कि छैनन आर्थिक पारदर्शिता छ कि छैन यसले छर्लङ्ग पार्नको लागि महत्वपुर्ण भुमिका खेल्ने भन्दै नगरप्रमुख गैरेले हामीले सधै नकरात्मक कुराहरुको मात्रै नजरअन्दाज नगरी स्वास्थ्य संस्थामा भएका राम्रा पक्ष पनि उजागर गरि थप प्रेरणा र उर्जा प्रदान गर्नु पर्ने बताए ।त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले सम्पुर्ण जनसमुदाय आफनो स्वास्थ्य प्रति सचेत रहनु पर्ने बताइन साथै उनले सामाजिक परिक्षण कार्यक्रमले हरेक संघ संस्थालाई प्रभावकारी र व्यवस्थित ढंगले अगाडी बढन सहयोग मिल्ने नगर उपप्रमुख काउचाको भनाई थियो ।

उनले गलकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासको निमित्त आफुहरु प्रतिवद्व रहेको भन्दै सबैको आवश्यक सुझाव सल्लाह आवश्यक रहेको औल्याइन ।सामाजिक परिक्षण कार्यको पहिलो चरणमा हटिया स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसँग अन्तरकृया, दोस्रो चरणमा स्वास्थ्यकर्मीहरु सँगको अन्तरक्रिया तेस्रो चरणमा स्वास्थ्य आमा समुह सँगको अन्तरक्रिया चौथो चरणमा दलित बस्तीमा समुदायमा विषय केन्द्रित छलफल गरिएको थियो ।अभियानको क्रममा गलकोट नगरपालिका वडा नं ३ र ४ को हटिया स्थित विभिन्न गाउकक तथा टोलहरुमा तथ्याङ्क संकलन गरिएको थियो । स्वास्थ्य चौकीले प्रवाह गरेका सेवा सुविधा,त्यहाँको सुसासन, पार्द्शिता र जवाफदेहिता लाई प्रभावकारी बनाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

आम भेलामा सामाजिक परिक्षण कार्यको प्रस्तुतिकरण र त्यसको विस्तृत जानकारी सामाजिक परिक्षक मञ्जु शर्मा चालिसेले प्रस्तुत गर्नुभएको थियो ।भेलामा उपस्थित स्थानियबासीले स्वास्थ्य चौकीमा नेपाल सरकारले प्रदान गर्ने सेवा सुविधा र अत्यावश्यक औषधीको नियमित व्यवस्थापन गरिदिनको लागि सुझाव दिएका छन । त्यस्तै स्वास्थ्य चौकी मार्फत प्रदान गरिने सेवा सुविधाहरुलाई समय सापेक्ष सुधार गर्दै थप प्रभावकारी बनाउनु पर्ने समुदायको भनाई छ ।उनीहरुले हटिया स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर जिल्लामै नमुना रहेको भन्दै प्रशंसा व्यक्त गरे । त्यस्तै समुदायलिई स्वयंसेविकाले सबै स्वास्थ्य सम्बन्धी जानकारी तथा सुचना दिने गरेको, आवश्यक सहयोग गर्दै आईरहेको समेत बताएका थिए भनें हटिया बजारमा दिनहुकक जनसंख्याको चाप बढदै गईरहेकोले १ जना स्वयंसेविकालाई कामको भार बढेकोले एकजना स्वयंसेविका थप गर्न सुझाव दिएका छन ।

त्यस्तै भेलामा समुदायले स्वास्थ्य चौकीमा जादा स्वास्थ्यकर्मीको व्यवहार राम्रो रहेको, उपलब्ध औषधीहरु सहजै रुपमा पाउने गरेको, शौचालय, खानेपानी र सरसफाईको व्यवस्थापन राम्रो रहेको बताएका थिए ।हटिया स्वास्थ्य चौकीको सिमखेतमा नँया आधुनिक सुविधा सहितको भवन निर्माण भईसकेकोले अब छिटै सेवा सुविधा प्रदान गर्न लागिएको हटिया स्वास्थ्य चौकीले जनाएको छ । त्यस्तै स्वास्थ्य चौकीको नयाँ भवनमा ३ कोठे सहरी स्वास्थ्य क्लिनिक समेत सञ्चालनमा आउने तयारीमा रहेको छ ।आम भेलामा उठेका प्रश्न,जिज्ञासा र गुनासाहरुको गलकोट नगरपालिकाका स्वास्थ्य संयोजक मिनराज गैरे, हटिया स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडाअध्यक्ष विरजंग भण्डारी र वडा सदस्य झर बहादुर खत्रीले प्रतिवद्वता मन्तव्य सहित स्पष्ट पारेका थिए ।सोही अवसरमा गलकोट नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बल बहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख झलक पाण्डेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।सामाजिक परिक्षण कार्यको आम भेलामा हटिया स्थित जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, आमा समुह, स्वंयसेविकाहरु, विद्यालयका प्रतिनिधीहरु, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो ।आम भेला गलकोट नगरपालिकाका वडा नं ३ का वडा अध्यक्ष तथा हटिया स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विरजंग भण्डारीको अध्यक्षता, वडा सदस्य रत्नाकला अधिकारीको स्वागत र समाजिक परिक्षक थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।