जनता को स्वास्थ प्रती खेलवाड गर्ने ओलिसरकार लाई सरकार मा बस्ने हैसियत छैन :सभापति शाह
रुपन्देही -सरकारले भारतबाट आउने तरकारी वा फलफूलमा विषादीको परीक्षण गर्ने निर्णयलाई स्थगित गरेकोप्रति सार्बजनिक लेखासमिति सभापति तथा नेपाली कांग्रेस का प्रभावसाली नेता भरत कुमार शाह ले विरोध गरेको छ।
भारतीय दवावमा बिसादी तरकारी तथा फलफुल बिना रोक नेपाल भित्र्याउन ओलि सरकार ले गरेको सम्झौता प्रती नेपाली कांग्रेस प्रभावसाली नेता सार्वजनिक लेखा समिति सभापति भरत कुमार शाह ले शनिबार एक कार्यक्रम का बिचमा सरकार ले गरेको सम्झौता प्रती , नाङ्गो प्रकारको आत्मसमर्पणको प्रवृत्तिलाई पनि बताउँछ । सरकारको त्यो निर्णयबाट नेपाली जनताको स्वास्थ्यप्रति सरकारको गम्भीर प्रकारको गैरजिम्मेवारीपूर्ण कार्यशैलीलाई नेपाली कांग्रेस घोर भर्सना गर्दछ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार नै कुनै देशको सरकारलाई अन्य देशबाट आउने खाद्यान्नको परीक्षण गर्ने अधिकार रहने भन्दै यस निर्णयमा परिवर्तनका लागि दवाव दिएर सरकारले आफ्नो अलोकप्रिय चरित्रको नाङ्गो प्रदर्शन गरेको आरोप लगाएका छन तरकारी र फलफूलजस्ता सामान्य विषयहहरूमा समेत भारतको दवाव वा हस्तक्षेप लाई स्वकार गरेर आर्थिक चलखेल तथा जनता को जीवन प्रती खेलवाड गर्न ओलि सरकार तल्लीन भएको नेता शाह ले आरोप लगाएका छ्न ।‘तरकारी वा फलफुलको प्रश्नमा अहिले त्यसले गरेको हस्तक्षेप त्यो लामो सिलसिलाको सामान्य, तात्कालीक र प्रकट रूप मात्र हो ।’ दुइतिहाइ को दम्भ मा जनता को स्वास्थ र भबिस्य प्रती नै खेलवाड सरकार प्रती नेपाली कांग्रेस जनता को पक्ष मा आवाज उठान सदन र सडक मा पुग्ने चेतावनी गरेका छन ।नेता शाहले देशका बृहत्तर राष्ट्रिय हितको रक्षाका लागि उच्च प्रकारको शतर्कता अपनाउनका लागि नागरिकस्तरमा अपिल समेत गरेको छ।












