कञ्चनमा मेगाटेकको शाखा शुभारम्भ,कम्प्युटर शिक्षा बिना कुनै पनि अवसर सहज नहुने :क्षेत्री
२३ असार,कञ्चन ,बिगत १० बर्षदेखी रुपन्देहीको सैनामैना १० सालझण्डीमा सन्चालन हुदै आएको मेगाटेक ईन्स्टिच्युटले कञ्चनमा आफ्नो शाखा शिक्षालयको विशेष कार्यक्रम गरी संचालनमा ल्याएकोछ।मेगाटेक इन्स्टिच्युटको शाखा शिक्षालयको कञ्चनको हरैयामा शुभारम्भ कन्चन गाँउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गर्नु भएको हो। शिक्षालयको शुभारम्भ गर्दै कन्चन गाँउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले प्राबिधिक शिक्षाको आवश्यकता महशुस भईरहेको अवस्थामा हरैयामा पनि यस मेगाटेकले कम्प्युटर शिक्षा सन्चालन गरेकोमा खुसी ब्यक्त गर्दै प्रबिधिको समयमा कम्प्युटर शिक्षा बिना कुनै पनि अवसरको सम्भावना नरहेको बताउनु भएकोछ। मेगाटेकले कम्प्युटर साक्षरता अभियानलाई सफलता पुर्बक संचालन गर्न आग्रह गर्नु भएको हो। यस्तै कञ्चन गाउपालिका वार्ड नं ३ का अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले कञ्चनको हरैया गुणस्तरिय प्रतिस्पर्धा गर्नेहरुको लागि अवसर र चुनौतीको क्षेत्र भएको र जसले सही रुपमा प्रतिस्पर्धा गर्न सक्छ त्यो संस्थाले सफलता प्राप्त गर्ने बताउनु भएको छ।प्रचार एकातिर व्यवहार एकातिर गर्ने कुनै पनि प्रतिस्पर्धीले सफलता नपाउने बताउदै मेगाटेकले आफुले प्रचार गरे अनुसारनै शिक्षा प्रदान गर्नेमा बिश्वास ब्यक्त गर्नु भएकोछ।
कम्प्युटर साक्षरता अभियानPDICA को बिशेष शिक्षा, जापनिज , कोरियन भाषा सहित विभिन्न बिषयका ट्युसन कक्षा समेत सन्चालन गर्दै आएको मेगाटेक ईन्स्टिच्युटले हरैयामा पहिलो पटक शाखा शिक्षालयको रुपमा संचालन गरिएको र बिद्यार्थीहरुको लागी कम्प्युटर शिक्षा सहज रुपले प्रदान गर्न सकियोस भन्ने हेतुले कन्चन ३ हरैयामा शाखा बिस्तार गरिएको बताउदै भने सो इन्स्टिच्युटले कञ्चन र गैडहवाका जनप्रतिनिधिहरुलाई निशुल्क रुपमा आधारभुत कम्प्युटर शिक्षा दिने समेत इन्स्टिच्युटका ब्यबस्थापक यमलाल खरेलले बताउनु भएकोछ।मेगाटेक ईन्स्टिच्युटका ब्यवस्थापक यमलाल खरेलले जानकारी दिनुुभयो । मेगाटेक इन्स्टिच्युटको शुभारम्भ कार्यक्रममा नेकपा कञ्चनका अध्यक्ष भरतमणी सापकोटा,अस्नैया युवा क्लबका अध्यक्ष दुर्गा राजकोटी लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो।कार्यक्रम ईन्स्टिच्युटका ब्यवस्थापक यमलाल खरेलको अध्यक्षतामा भएको थियो।












