राम जानकी शिव मन्दिर को साधारण सभा तथा भवन उद्घाटन

प्रकाशित मिति:

वुटवल । श्री राम जानकी शिभ मन्दिर तिलोत्तमा ९मंगलापुरको ९औ साधारण सभा तथा तेश्रो अधिवेशन साथै राम जानकी सामुदायिक भवनको समुद्घाटन कार्यक्रम सुशील घिमिरेको अध्यक्षतामा र नेपाली काङ्ग्रेस ससदिय दलका प्रमुख सचेतक बालकृष्ण खाड को प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

खेमेन्द्र रानाको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष कमल कंडेलले व्यक्त गर्नु भयो उक्त अवसरमा बाबुराम राना, नारायण न्येपाने , हरिलाल पाण्डे, गुणानिधी भण्डारी,गणेश शर्मा, हरि पाण्डे , आश बाहादुर गुरुङ , झुपा न्युपाने र लक्ष्मी अर्यालले शुभकामना मनत्ब्य रख्नुभयेको थियो साथै अधिवेशन बाट सर्वसम्म्त रुपले खेमेन्द्र रानाको अध्यक्षतामा १५ सदसीय समितिको निर्माण भएको छ।जस अनुसार अध्यक्ष खेमेन्द्र राना उपाध्यक्ष टेका प्रसाद अर्याल सचीवमा नारायण पौडेल कोसाध्य्क्षमा भुवन शर्मा सह सचिवमा भेल बहादुर सारु सद्स्यहरुमा सचिन घिमिरे ,बाबुराम रेग्मी,राजकुमार थापा,लक्ष्मी अर्याल, खुम कुमारी राना सरस्वती बस्नेत र गोबिन्द रेग्मी रहनुभएको छ।