बुटवल। रोटरी क्लब अफ बुटवलको १२६८औ नियमित वैठक शुक्रवार क्लब सचिवलायमा सम्पन्न भएको छ । कार्यक्रमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका विशाधी अन्वेषण दु्रत विस्लेषण प्रयोग शाला बुटवलका प्रमुख एवं वालि संरक्षण अधिकृत रामवहादुर खत्रीले वालीमा लागेको किरा नियन्त्रणको लागी प्रयोग गरिने विषादी पदार्थ स्वाथ्यको लागी घातक हुने बताउनु भयो ।
उहाले तरकारी वालीमा प्रति हेक्टर १६०० ग्राम प्रयोग गर्नुपर्नेमा धेरै प्रयोग भएको बताउनु भयो । विषदीको प्रयोग नेपालमा जापान देशको तुलनामा कम प्रयोग हुने गरेको बताए । क्लबका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोमनाथ शर्माको संचालनमा भएको कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र ध्वजु, अजयमान श्रेष्ठ, महेन्द्र श्रेष्ठ, निर्वतमान अध्यक्ष डा नारायण प्रसाद पन्थी, रोटरीयन सोनु श्रेष्ठ, दिवाकर घिमिरे लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो । सो अवसरमा रोटरीयन जेपि कडेल, करुण खनाल, कृष्ण पराजुली डा नारायण प्रसाद पन्थ लगायतको हर्ष वढाई गरिएको थियो ।












