कञ्चन – रुपन्देहीको सैनामैना १० कोठीखोला नजिक हिजो भेटिएको एक पुरुषको शवको पहिचान भएको छ। हिजो दिउसो करिब १।३० बजेको समयमा फेला परेको शव कञ्चन ५ पिपरीचापाका रमेश सार्कीको भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । अन्दाजी ३२र३३ बर्षको देखिने सार्कीको शव कोठी खोला नजिकको जंगलमा मृत अवस्थामा भेटिए लगत्तै ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली हिजो दिउसै घटनास्थल पुगेको थियो तर निरन्तर परेको पानीले खोज अनुसन्धानमा समस्या परेको थियो ।प्रहरीले शवको शरिरमा रहेको नेपाली नागरिकता फेला पारे पछि उक्त शव कञ्चन ५ पिपरीचापाका रमेश सार्कीको भएको पुष्टि भएको जनाएको छ। पछि थप पहिचानका लागि मृतकका आफन्तहरुलाई खवर गरी सालझण्डी बोलाए पछि निजका आफन्तहरुले शव रमेशकै भएको दाबी गरेका थिए।
कञ्चन गाउपालिका वार्ड नं ५का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीका अनुसार रमेशका ठूलाबुवाका छोराहरुले सो शवको पहिचान भएको हो ।परिवार श्रोतका अनुसार रमेश र उनका अरु परिवार कहां बस्छन भन्ने थाहा नभएको तर एक्कासी मृत अवस्थामा भेटिए पछि कसरी र किन मृत्यु भएको भन्ने कुरा पोष्टमार्टम पछि मात्र थाहा हुने भएकोले सो शवलाई पोष्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय,सालझण्डीले जनाएको छ












