जनमुक्ति पार्टीको भ्रष्टचार बिरुद्ध राष्ट्रिय अभियान, कञ्चनमा ५ सय हस्ताक्षर संकलन

प्रकाशित मिति:

कञ्चन-राष्ट्रिय जनमुक्ति पार्टीको भ्रष्टचार बिरुद्ध राष्ट्रिय अभियान अन्तर्गतको हस्ताक्षर संकलन कार्यक्रम आज कञ्चनको हरैयामा सम्पन्न गरेको छ।राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं। ५ को आयेजनामा भ्रष्टचार बिरुद्ध राष्ट्रिय अभियान अन्तर्गतको हस्ताक्षर संकलन कार्यक्रम आज कञ्चनको हरैयामा संचालन गरेको हो ।

राष्ट्रिय जनमुक्ति पार्टीका संघिय परिषद उपाध्यक्ष तथा प्रदेश बिभाग प्रमुख कमला थापाले हस्ताक्षर अभियान संकलनको हरैयामा शुभारम्भ गर्दै हिजो पञ्चायती शासन ब्यबस्था देखि नै भ्रष्टचारमा लिप्त भ्रष्ट प्रबृतिका शासक दलहरु बिभिन्न पार्टी र संघसंस्थाको खोल ओढेर गणतान्त्रिक शासन ब्यबस्थामा पनि जनताले तिरेका कर माथि पौडी खेलेर भ्रष्टचारको लागि क्रिडास्थल बनाइरहेको आरोप लगाएका छन ।

दुईतिहाई बहुमतच सिद्ध नेकपा सरकारले आफ्नो कुर्ची पछाडीको भित्तामा म पनि भ्रष्टचार गर्दिन र अरुलाई पनि भ्रष्टचार गर्न दिन्न भन्ने ब्यानर टासेर भ्रष्टचार बिरोधीहरुको खिल्ली उडाइरहेको बताउदै हिजो चुनाबको समयमा चप्पल लगाई भोट मागेर चुनाव जितेकाहरुको आलिशान महल कहाबाट आयो रु भनि प्रश्न गरेका थिए । भ्रष्टचार बिरुद्धको हस्ताक्षर संकलनले भ्रष्टचारीहरुलाई मृत्युदण्ड दिई उनिहरुले भ्रष्टचार गरी आर्जन गरेको सबै सम्पती जफत गरी राष्ट्रियकरण गर्न लगाउन शासक दलहरुलाई दवाव पुग्ने बिश्वास ब्यक्त गरेका छन ।

यस्तै राष्ट्रिय महिला मोर्चा रुपन्देहीका अध्यक्ष ज्योती थापा मगरले शासक दलहरुले जनताले तिरेको करमा भ्रष्ट प्रबृतिका शासक दलले आफ्ना नेता कार्यकर्तालाई समेत भ्रष्ट बनाइरहेको र एकल जातिय शासन ब्यबस्थाबाट शुन्य भ्रष्टचारको अपेक्ष गर्न नसकिने भन्दै हिजो संघियता अस्म्भव भनिरहेकाहरु हामीले उठाइरहेको संघियताको नारा स्थापित भए पछि त्यै संघियताको खोल ओढेर संघियतालाई असफल बनाउने उद्धेश्य अनुरुप स्थानिय तह देखि केन्द्र सम्म दिन दिनानु दिन भ्रष्टचारलाई मलजल दिइरहेको बताएका छन । संघिय परिषद सदस्य भैरब थापा मगरले संघियता स्थापना भए पछि स्थानिय तहमा काले काले मिलेर खाउ भाले भने झै कागजी प्रकृया मिलाएर अकुट भ्रष्टचार गरेको र जनताले बिद्धत थानेको जनप्रतिनिधीहरु नै भ्रष्टचारमा संलग्न भएको भन्दै म भ्रष्टचार गर्दिन भनि भित्तामा टासेर आफ्नै कुर्चीको बेइजत गरिरएको र निरिह कुर्चीले टुलु टुलु हेर्न बाहेक केही गर्न नसकेको बताएका छन ।कर्मचारीहरु त उनिहरुको बंषाणु नै भ्रष्ट भएकोले उनिहरुको त्यो भ्रष्ट प्रबृतिका कर्मचारीलाई जनताले बिद्धत ठानेको जनप्रतिनिधीले जन साथ दिइरहेको बताएका छन । भ्रष्टचार बिरुद्धको हस्ताक्षर संकलन हरेक घरघरमा पु¥याई सरकार दवाब दिइने समेत थापाले बताएका छन

 

राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देही क्षेत्र नं। ५का अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा संचालन गरिएको भ्रष्टचार बिरुद्धको हस्ताक्षर संकलन कार्यक्रममा प्रदेश छ का अध्यक्ष झम बहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी लगायतले भ्रष्टचार बिरुद्धको हस्ताक्षर संकलन अभियानमा लाग्न आग्रह गरेका थिए ।गत जेठ १५ गते बाट शुरु गरिएको कार्यक्रममा करिब ५ सय जनाको हस्ताक्षर संकलन भएको र देशभरमा एक करोड हस्ताक्षर संकलन गरि सरकारलाई बुझाइने आयोजकले जनाएको छ ।