जन्मोत्सवमा सञ्चारकर्मी मगर द्धारा साधुसन्तहरुलाई फलफुल वितरण

प्रकाशित मिति:

बुटवल –सञ्चारकर्मी झरना घर्ति मगरले पाल्पाको तिनाउ गाउँपालिका स्थित रहेको प्रसिद्ध धार्मिक स्थल सिद्धवावा धाममा रहेका साधुसन्तहरुलाई आफ्नो जन्मोत्सवको अवसरमा फलफुल वितरण गरेकी छिन् ।सञ्चारकर्मी मगरले त्यहाँ रहेको साधुसन्तहरुको प्रतिक्षालयमा वस्दै आएका ३० जना साधुसन्तहरुलाई आफ्नो जन्मदिनको अवसर पारी फलफुल र जुस वितरण गरी आफ््नो जन्मोत्सव मनाएकी छिन् । जन्मोत्सव लाई कसैले घर तथा होटलहरुमा कार्यक्रमको आयोजना मनाउँदै आईरहेका वेला रेडियोकर्मी मगरले उक्त शैलीलाई फरक तरिकाले मनाएकी छिन् ।

खर्चिलो रुपमा मनाउँदै आईरहेको जन्मोत्सवलाई सञ्चारकर्मी झरनाले सामाजिक उत्तरदायित्व लाई अंगाल्दै घरवार विहिन तथा असाय दिन दुखीहरुलाई फलफुल र जुस वितरण गरी आफ््नो २६ औं जन्मोत्सव मनाएकी छिन् । उत्सव मनाउन सञ्चारकर्मी मगरले जव केक काटेर शुरुवात गर्दा त्यहाँ रहेका साधुसन्तहरुले खुसीको भाव जनाएका थिए ।जन्मदिनको अवसरमा साधुहरुको सेवा गर्न पुगेकी मगरलाई सन्तहरुले आफु जस्ता अशक्त तथा घरवार विहिन भएकाहरुलाई आगामी वर्षहरुमा पनि जन्मदिनको शुभ दिनमा यसै गरी भोजन खुवाएर आफ््नो जन्मदिनको उत्सव मनाउन सञ्चारकर्मी मगरलाई आग्रह गरेका थिए ।यस्तै सञ्चारकर्मी मगरले सम्पुर्ण साधुसन्तहरुलाई दक्षिणा पनि प्रदान गरेकी छिन् । मगर आज आफ््नो २६ औं वसन्त जन्मोत्सव मनाउन सिद्धवावा स्थित साधुहरुको थलोमा पुगेकी थिईन् । यस्तै सञ्चारकर्मी झरणा घर्ति मगर बुटवल स्थित तिनाउ एफ एममा कार्यरत रहेकी छिन्