पाणिनी गाउँपालिकाद्वारा कृषक समुहलाई बोयर बोका हस्तान्तरण

प्रकाशित मिति:

सुरज घिमिरे – अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउपालिकाकाे अायाेजनामा श्राेत केन्द्र स्थापना कार्यक्रम तथा उन्नत जातका बाेयर बाख्रा कृषक समुहलाइ हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले किसानहरुलाई कृषि तथा व्यावसायिक पशुपालनमा आत्मनिर्भर उद्वेश्यले आइतबार एक कार्यक्रमको आयोजना गरि १०० % उन्नत जातका बोयर बाख्राहरु हस्तान्तरण गरेको हो । बोयर बाख्राहरु हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष अच्युत गौतमले अबको ५ बर्ष भित्रमा गाउँपालिकालाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउने बताए ।

उनले किसान लक्षित कार्यक्रमहरु वास्तविक किसान सम्म पुर्याई युवाहरूलाई कृषि पेसा लाग्न प्रेरित गर्ने उद्वेश्यले गाउँपालिका अगाडी बढेको बताउनु भयो । अध्यक्ष गौतमले धेरै लामाे प्रयास पछि अस्ट्रेलियाबाट यश पालिकामा बाख्रा ल्याउन सफल भएकाे र बाख्रा ल्याउने कार्यमा सहयाेग गर्ने सबै पक्षलाइ धन्यवाद दिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष लक्ष्मी गौतमले स्वदेशमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्न सकिने भएको विदेशिएका युवाहरूलाई स्वदेशमा फर्कन आग्रह गरिन् । प्रमुख प्रशासकिय अधिकृत जनकराज पन्थिले यश आर्थिक बर्षको बजेटबाट कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेको बताए । पन्थिले अस्ट्रेलियाबाट ल्याइएका उन्नत जातका १६ पाठी र ८ वटा बोकाहरु खरिद गरिएको र गाउँपालिकाले बिनियोजन गरेको एकलाख चार हजार मध्ये ८० लाख मात्र खर्च भएको बताए । यस्तै गाउँपालिकाको मैदान, अड्गुरी र पोखराथोक गरि तिन ठाउँमा श्रोत केन्द्र स्थापना गरि उक्त बाख्राहरु हस्तान्तरण गरिएको थियोे । श्रोत केन्द्र स्थापना नभएका वडा हरुमा एक एकवटा बोका वितरण गरिएको छ । कार्यक्रम कृषि प्राविधिक दधिराम घिमिरेकाे सन्चालनमा सम्पन्न भएकाे हाे