रोटरी क्लब अफ बुटवलको १२७२ औ नियमित बैठक सम्पन्न

प्रकाशित मिति:

बुटवल – अन्तराष्ट्यि संस्था रोटरी क्लबमा जुनसुकै समुदाय, जाति धर्म लिङ, भाषा संप्रदाय तथा आर्थिक अवस्था भएकाहरु आवद्ध हुन सक्ने रोटरीयन लिडरहरुले बताएका छन ।शनिबार बुटवलमा भएको रोटरी क्लब अफ बुटवलको १२७२ औ नियमित बैठकमा रोटरीयनहरुले रोटरी क्लबमा पैसा भएकाहरु मात्र होइन जुनसुकै प्रोफेसनको व्यक्ति पनि बताएका हुन ।रोटरी क्लब अफ बुटवलका अनगोईङ प्रोजेक्ट चियर कृष्ण पराजुलीले विभिन्न प्रोफेसनको व्यक्त रोटरीमा आवद्ध हुन सक्ने बताउदै जोसंग जे छ त्यही शेयर गरेर समाजको हितमा काम गर्न सकिने बताए ।

उनले भने–रोटरीलाई पैसा हुनेको संस्था हो भन्नु भ्रम हो , यहा सबै वर्ग अट्न सक्छ, र आफूसंग भएको धन ज्ञान, आईडिया बाडेर समाजसेव ासकिन्छ ।’रोटरीमा मित्रता विकास, व्यवसायीक विकास, व्यक्तित्व वृद्धि विकास, अन्तराष्ट्यि सम्वन्ध र फेलोसिपको राम्रो अध्यास हुने भएकाले दिन प्रतिदिन रोटरीमा सदस्यहरु थपिदै गएको उनले बताए ।रोटरी क्लब विश्वको २ सय मुलुकमा छ । जुन संस्थामा १२ लाख भन्दा वढि रोटरीयनहरु आवद्ध छन । कार्यक्रममा पुर्व अध्यक्ष राजेन्द्र लम्साल, क्लबका प्रशासनिक चेयर वालकृष्ण पौडेल, सह सचिव शिवकुमार ज्ञवाली, सह कोषाध्यक्ष खिमनारायण पराजुली, सर्जन एट आम्स लक्ष्मण श्रेष्ठ, रोटरीयन लोकनाथ उपाध्याय लगायतले रोटरी सदस्यहरुको भूमिका र महत्वको विषयमा चर्चा गरेका थिए ।