रोट्रयाक्ट डाउनटाउन द्वारा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटबल-रोट्रयाक्ट क्लब अफ बुटबल डाउन टाउनले भिजिट नेपाल २०२० लाई प्रबर्द्धन गर्ने उदेश्यले गुल्मी जिल्लाको पर्यटकिय तथा धार्मिक स्थल रेसुङामा एक कार्यक्रम सम्पन्न गरेको छ । रोटरि क्लब अफ बुटवल डाउनटाउन, गुल्मी ब्याटमिनटन क्लब , बुटवल ब्याटमिनटन क्लब सग सहकार्य गर्दै गुल्मी जिल्लाको पबित्र धार्मिक तथा पर्यटकिय स्थल रेसुङाको अवलोकन गरि सो क्षेत्रको प्रबर्द्धनमा सहयोग पुग्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको रोट्रायाक्ट क्लब अफ बुटबल डाउन टाउनका अध्यक्ष मधु भट्टराईले बताए ।

सो अवसरमा गुल्मी ब्याटमिनटन क्लबका प्रितम काउछाले बुटवलबाट गएको टोलिलाई स्वागत गर्दै पर्यटन प्रबर्द्धनको लागि रेसुङाको अवलोकन गरेकोमा धन्यवाद व्यक्त गर्दै सो क्षेत्रको प्रचार प्रसारमा लाग्न आग्रह समेत गरे। सो अवसरमा रोटरि क्लब अफ बुटवल डाउन टाउनका पुर्ब अध्यक्ष भिमराज श्रेष्ठ , रोट्रयाक्ट क्लब अफ बुटबल डाउनका पुर्ब अध्यक्ष बिमलराज भट्टराई, दिप आचार्य,बुटवल ब्याटमिनटन क्लबका सम्भु भट्टराई लगायतले भनाइ राखेको रोट्रयाक्ट क्लब अफ बुटबल डाउनका क्म्युनिटि सर्भिस डाइरेक्टर आबिश्कार खनालले जानकारी दिए ।