बुटवल उप–महानगरपालिका वडा नं. १ मा स्वागत, विदाई तथा तिज विशेष कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मिना ढकाल–बुटवल, बुटवल उप–महानगरपालिका वडा नं. १ मा स्वागत, विदाई तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । वडा नं. १ को आयोजनामा आयोजित उक्त कार्यक्रममा सरुवा भई आएका सचिव देवराज श्रेष्ठलाई स्वागत तथा सरुवा भै गएका वडामै कार्यरत सचिव गोकुल प्रसाद ज्ञवालीको विदाई गरिएको वडा अध्यक्ष महेन्द्र लिगलले बताए । सरुवा भई जानलागेका सचिव ज्ञवाली वडा नं. १० मा र वडा ११ बाट सरुवा भई आएका सचिव देवराज श्रेष्ठ वडा नं. १ मा आएको जनाइएको छ ।

कार्यक्रममा समाजमा विभिन्न क्षेत्रमा योगदान पुराएको भन्दै रविन्द्र गोपाल लाकौल, देवेन्द्र श्रेष्ठ, धनेन्द्र क्षेत्री, देवि सिमाङ्गगैडा, अशोक राई लगाएतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा जितगढी किल्ला संरक्षण मञ्चका अशोक राई, समाजसेवी छवि नेपाल, बटौली संरक्षण मञ्चमा संयोजक रविन्द्र गोपाल लाकौल, वडा सदस्यद्धय ज्ञानु लिगल, मदनकुमार श्रेष्ठ, नवआगन्तुक सचिव देवराज श्रेष्ठ, विदाई भई जान लागेका सचिव गोकुल प्रसाद ज्ञवाली लगाएतले जनप्रतिनिधी र कर्मचारीहरु जनताको सेवामा समर्पित रहनु पर्ने बताए । सो अवसरमा महिलाहरुले नाचगान गरि तिज बिशेष कार्यक्रम पनि मनाएका थिए ।