नवलपरासी-पश्चिम नवलपरासीमा प्यार्टिप्यालेश र महंगा होटेलहरु बढ्दो क्रममा रहेतापनि नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसर पारि जिल्लाका आमा समुहहरुले मर्यादित रुपले दर खाने कार्यक्रम सम्पन्न गरिरहेका छन । जिल्लाको बर्दघाट, सुनवल र रामग्राम नगरपालिका लगाएत क्षेत्रहरुमा ठुल ठुला पार्टी प्यालेश र सेमिनार हुदा हुदै यस क्षेत्रका आमा समुहहरुले भने प्रकृतीकै मनोरम वातावरणमा दर खाने कार्यक्रमहरु गरिरहेका छन । यसैबीच, नेपाली नारिहरुको महान पर्व हरितालिका तीजको अवसर पारि जागृती आमा समुह बर्दघाट २ चिसापानीको आयोजनामा तीज शुभकामना, दर खाने कार्यक्रम एवं तीज गित कार्यक्रम मंगलबार बर्दघाट २ चिसापानी ब्लक नम्बर ४ को खेल मैदानमा सम्पन्न भएको छ ।

समुहकी अध्यक्ष गिता थापा क्षेत्रीको अध्यक्षता तथा सविंधान सभा सदस्य सिन्धु जलेशा बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि जलेशाले अहिले समाजमा चार्ड बार्डको नाममा विकृती बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै हाम्रा सन्ततीहरुलाई नेपाली मौलिकपन सिकाई राख्न परापुर्वकालदेखी चल्दै आएका रितिरिवाजलाई सरक्षण गर्नुपर्ने बताउदै यस्ता टोल समाजाम गठन भएका संघ सस्था, क्लब, आमा समुहहरु लगाएतले नेपाली मौलिकता झल्किने खालका कार्यक्रमहरु ग्रि सस्कृती सरक्षणमा लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा समुहका सम्पुर्ण सदस्य, टोल छिमेकका आमा, दिदि, बहिनीहरुको उपस्थिती रहेको कार्यक्रममा नेपाली मौलिकता झल्किने खालका तीज गित प्रस्तुत गर्नुका साथै कुनै तडक भडक नगरि मर्यादित ढंगले समुहका सदस्यहरुद्धारा खाना तयार गरि दर खानुका साथै समुहको पोशाकमा उपस्थित रहेका थिए ।
कार्यक्रममा अन्य क्षेत्रमा तडक भडकका साथ चार्डबार्ड मनाइरहदा यस समुहले त्यस्तो कुनै गतिविधि नगरि समाजमा रहेका हरेक दलित, गरिब, पिछडा वर्ग सबैलाई समेटी सामुहिक भावनाका साथ खुशियाली साटासाट गर्न र शुभकामना आदान प्रदान गर्न सो कार्यक्रमको आयोजना गरिएको समुहकी अध्यक्ष गिता थापा क्षेत्रीले बताउनुभयो । त्यस्तै, हरिताकिा तिजको अबसरमा नव जागृती महिला समुह बर्दघाट १२ बढकी भटौलियाले दरखाने कार्यक्रम सम्पन्न गरेको छ । समुहकी अध्यक्ष अम्बिका सुवेदीको अध्यक्षता तथा सम्बिधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै परम्परागत रुपमा तिज पर्व दुख पोख्ने चार्डको रुपमा पिडा वेदना अभिब्यक्रि गर्नै चार्डको रुपमा विकशित भएको बताउनु भएको थियो । परिवर्तित समय संगै नेपाली धर्म बिदेशी धर्म संसकृतिले क्षेप्यास्त्र प्रहार गरेको बताउदै धार्मिक मौलिकता हराउदै गएको गुनासो गर्नु भएको थियो ।











