इमरान खान/कपिलवस्तु – तराई मधेशको बिभिन्न जिल्लाहरुमा बालविवाह तथा मानव बेचबिखन घटना हरु दिनहु दिन वृद्धि हुदै गएको अवस्थामा शान्ती पुर्नस्थापना गृह, अफान्त नेपाल, ईलाका प्रहरी कार्यलय कृष्णनगर, कृष्णनगर नगरपालिका, राष्ट्रीय मानवाधिकार, लायन्स क्लब आफ कृष्णनगर, उद्योग वाणिज्य संघ कृष्णनगर लगायतका संघ संस्थाहरुले यस बिरुद्ध बेग्लै कदम चालेको छ । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३औं राष्ट्रीय दिवसको अवसरमा आज कपिलवस्तुको कृष्णनगरमा रैली निकाली ईलाका प्रहरी कार्यलय देखि कृष्णनगर बजार भ्रमण गर्दै कृष्णनगरको गोलघर चौराहामा रैली टुंग्याईएको थियो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगरपालिका का नगरप्रमुख रजत प्रताप शाह विशिष्ट अतिथी वडा नं. २ का वडा अध्यक्ष संजय गुप्ता अतिथीमा ई.प्र.का. कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, शसस्त्र प्रहरी बल कृष्णनगर का शसस्त्र प्रहरी निरीक्षक संगीत भट्ट, महिला अधिकारकर्मी मिना परियार, बुद्धी थापा, रेशम लाल गैरे लगायत श्री महेन्द्र मा.वि., सेन्टज्यूस इंग्लिस बोर्डिंग स्कूल, जलमोना लिटील एन्जल्स इंग्लिस बोर्डिंग स्कूल का विद्यार्थीहरु, समाज सेवी, शिक्षाप्रेमी, स्थानीयबासीहरु लगायत विभिन्न संघ संस्था का महिला पुरुष पत्रकार हरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम का अध्यक्षता कृष्णनगर नगरपालिकाका न्यायिक समिती का अध्यक्ष सबनम खातुन ले गरेका थिन । यस क्षेत्रमा लगनशिलता र मेहनत का साथ सहयोग गर्नु भएका सहयोगीहातहरु लाई यस कार्यक्रम बाट सम्मानित पनि गरेको के.आई. नेपाल का प्रमुख केशर विश्वकर्मा ले बताएका छन । उपस्थित सबै संघ संस्था बाट आएका प्रतिनिधी, बिद्यार्थी, सुरक्षाक्रमी, समाजसेवी , पत्रकारहरु लाई धन्यवाद दिदै अगामी दिनमा यस्ता कार्यक्रमहरु होस भनेर शुभकामना दिदै नगरप्रमुख शाहले आफ्नो दुइ शब्द को साथ कार्यक्रम समापनको घोषणा गरेको शान्ती पुर्नस्थापना गृह का प्रमुख भूमिराज भटराई ले जानकारी दिएका छन ।










