राष्ट्यि लोक तथा दोहरी गीत प्रतिष्ठान नवलपरासीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
रामु भुषाल -नवलपरासी/-राष्ट्यि लोक तथा दोहरी गीत प्रतिष्ठान जिल्ला कार्य समिती पश्चिम नवलपरासीको आयोजनामा शनिबार बर्दघाट स्थित स्वर्गीय लोक बहादुर क्षेत्री स्मृति पार्क टिसियन चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका जिल्ला सदस्य एवं रक्तदान उपसमितीका संयोजक देवीदत्त सापकोटाको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानका जिल्ला अध्यक्ष भरत क्षेत्रीको अध्यक्षता एवं प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले लोक षेत्रमा लागेका सम्पुर्ण सर्जगहरुलाई मान सम्मानका साथ उत्प्रेरणा जगाउदै लोक सगिंतकर्मीहरुलाई एक्यबद्धता गराउदै आफ्नो कार्य समपदान गर्नुपर्ने र सो का लागी बर्दघाट क्षेत्रमा अवस्थित स्वर्गिय लोक बहादुर क्षेत्री स्मृती पार्कलाई ब्यवस्थित गर्दै आफ्नो कार्यालय समेत थापना गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले लोक तथा दोहोरी गित प्रतिष्ठानले मनोरञ्जनका कृयाकलापहरुलाई मात्रै प्राथमिकतामा नराखि मानविय सेवाको कार्यलाई पनि अगाडी बढाउदै रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्दै बस्यालले नगरले लोक सस्कृती, भाषा, धर्म र साहित्यलाई प्राथमिकतामा राखि विभिन्न कृयाकलाप संगसंगै अनेकौ प्रकारको सहयोग गर्दै आइरहेको र नगरले यस प्रतिष्ठान संग पनि सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष केशब बहादुर खत्री क्षेत्री, वडा नम्बर ४ का वडा सदस्य नारायण चौधरी, उद्योग वाणिज्य महासंघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, जिल्ला खेलकुद विकास समितीका पुर्व अध्यक्ष कुमार आले, जिमिरेभार व्यापार संघका अध्यक्ष चिरनजीवि सुवेदी लगाएको उपस्थिती रहेको थियो । नेपाल रेडक्रस सोसाइटी नवलपरासी शाखाको प्रविधिक सहयोग र ताराखोले हाउजिंग कन्ट्रक्सन एण्ड सप्लार्यसको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा महिला ३ जना र पुरुष १२ जना गरि १५ जनाले रक्तदान गरेको रक्तदान उपसमितीका संयोजक देवीदत्त सापकोटाले बताउनुभयो ।











