नमूना मृत्युको मुद्धा बल्ल दर्ता भयो

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमामा साउन २८ गते भएको घटनाको प्रहरीले मुद्धा दर्ता गरेको छ । साउन २८ गते तिलोत्तमा १५ कोटीहवामा आफ्नै घरको पंखामा झुण्डिएको अबस्थामा प्रहरीले २४ बर्षिय नमुना लम्सालको शब फेला पारेको थियो । घटनाको अर्काे दिन २९ गते नमुनाका माइतीले इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएपनि प्रहरीले अटेर गर्दै मुद्धा दर्ता गर्न मानेको थिएन । सोमबार मुद्धा दर्ता भएको छ । यता नमुनाको आत्महत्याको बिषयमा घर पक्ष र माइती पक्षबिच फरकफरक धारणा सार्बजनिक भएको छ । नमुनाकी सासु आमा लक्ष्मी घिमिरेले एक बिज्ञप्ती निकाल्दै माइति पक्षले घटनापछि कानून हातमा लिइ प्रहरीलाइ मूद्धा दर्ताको लागि दबाब श्रृजना गरेको बताएकी छन् । नमुनाले आफैले आत्महत्या गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।